हत्या र हतियार मुद्दामा ३ जना पक्राउ

कर्तव्य ज्यान र हातहतियार खरखजना मुद्दामा अदालतबाट १३ वर्षको कैद सजाय पाएर फरार १ सहित ३ जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
 
कर्तव्य ज्यान मुद्दामा १० वर्ष र हातहतियार खरखजाना मुद्दामा ३ वर्ष कैद तथा १ लाख जरिवाना सजाय पाएका सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी ३५ वर्षीय मोहम्मद हसिद राइन साहजीलाई प्रहरीले करीब ४ वर्षपछि पक्राउ गरेको हो ।

जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा विक्रम संवत् २०७१ असोज २ गते साहजीलाई १० वर्ष कैद र हातहतियार खरखजना मुद्दामा विक्रम संवत् २०७२ चैत्र ८ गते ३ वर्ष कैद तथा १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।


Advertisement

अदालतको फैसलालगत्तै फरार भएका साहजीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

प्रतिबन्धित लागूऔषध गाँजासहित इलाका प्रहरी कार्यालय मिर्चौयाले मिर्चैया नगरपालिका–२ निवासी ५५ वर्षीय रासलाल मण्डललाई पक्राउ गरेको छ । पक्राउ परेका मण्डलको साथबाट १६० ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । 


Advertisement

नेपालबाट भारततर्फ अवैधरूपमा तस्करी गरिरहेको भैंसीसहित प्रहरीले सिरहा नगरपालिका–२० दशगज्जास्थित लगडीगदियानीबाट १ भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

प्रहरी चौकी लकडीगदियानीबाट खटिएको गस्ती टोलीले भारततर्फ लैजाँदै गरेका ४ भैंसीसहित भारतको खजुरी पञ्चयात–४ निवासी ४० वर्षीय अबुल कलामलाई पक्राउ गरेको छ । बरामद गरिएका भैंसी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय माडरमा बुझाइने प्रहरीले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्