पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख चयनको विषयतर्फ संकेत गर्दै केन्द्रीय राजनीतिमा जटिलता र दबाब देखा परेको बताएका छन् ।
गृहजिल्ला चितवनमा आयोजित प्रथम माडी खिचरा महोत्सव २०७६ लाई सम्बोधन गर्दै मंगलवार प्रचण्डले केन्द्रीय राजनीतिमा दबाब हुँदाहुँदै पनि आफू समय निकालेर माडी आएको बताए ।
प्रतिनिधिसभा सभामुख रिक्त रहेको अवस्थामा नेकपाभित्र देखिएको विवादलाई छाडेर प्रचण्ड गृहजिल्ला पुगेका छन् । सभामुख चयनका लागि मार्गप्रशस्त गर्न उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको राजीनामा माग्ने भनेर नेकपा सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन । उपसभामुख तुम्बाहाङ्फेले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको निर्देशनलाई समेत चुनौती दिइरहेकी छन् । उनले सभामुखको नामबारे निर्णय नहुँदासम्म राजीनामा नदिने अडान लिएकी छन् ।
सभामुख चयनको सकसबीच माडी पुगेका प्रचण्डले राजनीतिमा जटिलता देखिएको बताए । ‘मलाई निकै दबाब थियो, साथीहरूले नजा भन्दै थिए,’ प्रचण्डले भने, ‘काठमाडौंमा केन्द्रीय राजनीतिमा जटिलता जस्ता घटना देखा पर्न खोज्छन् । ती समाधान गर्न लगातार छलफल गर्नुपर्ने थियो । यस्तो बेला बाहिर नजान साथीहरूले भनिराख्नुभएको थियो । मैले माडी जाने नै भए, २ घण्टाका लागि भनेर आएँ । बेलुका काठमाडौं फर्केर थुप्रै मिटिङ गर्नुछ ।’
माडीको विकास र सुधारका लागि आफूले निरन्तर संघर्ष गरिरहेको प्रचण्डले बताए । राष्ट्रियसभा उम्मेदवार छनोटको विषयलाई समेत प्रचण्डले माडीसँग जोडे । ‘माडीको सम्मान होस् भनेर राष्ट्रियसभा उम्मेदवार निर्धारण गर्दा स्व. डीआर पौडेलकी पत्नी माडीकै चेली गंगा बेलबासेलाई जनताको पीडा कम गर्ने उद्देश्यका साथ उम्मेदवार बनाउन मेहनत गरें,’ उनले भने, ‘राष्ट्रियसभामा पनि माडीका जनताका आवाज घन्किउन् भन्ने उद्देश्यको साथ निर्णय गरिएको छ ।’
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...