मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
पुस २९, २०७६
कृषि विकास बैंकबाट ४ करोड ४२ लाख रुपैयाँ झिकी हिनामिना गरेको प्रकरणमा बैंकको न्यूरोड शाखाका तत्कालीन शाखा प्रबन्धक प्रेमहरि ढुंगेलसहित ८ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेको छ ।
ढुंगेलका अलावा कृषि विकास बैंकका कर्मचारीहरू दिपिका रेग्मी, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे र रमेशराज विष्ट तथा दुर्गा ज्वेलर्सका सञ्चालक प्रकाश घतानीविरुद्ध अधिकतम ४ करोड २४ लाखदेखि न्यूनतम् ६७ लाखसम्म फरक-फरक बिगो कायम गरि आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तिमार्फत जनाएका छन् ।
हेर्नुहोस्, अख्तियारको विज्ञप्ति :
कृषि विकास बैंक, न्यूरोड शाखाकी कर्मचारी दिपिका रेग्मीसमेतले बैंकको रु.४,४२,७३,६११।४५ रकम गैर-कानूनी ढंगले हानिनोक्सानी तथा दुरुपयोग गरेको भन्ने उजुरी/निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आरोपीहरु दिपिका रेग्मी, प्रेमहरी ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज बिष्ट र प्रकाश घतानीसमेतले एक आपसमा सरसल्लाह, सहमति र मिलेमतो गरी कृषि विकास बैंक, बैंकिङ मूख्य शाखा कार्यालय, न्यूरोडवाट अनधिकृत रुपमा रकम निकाली आफूहरुले लिने र खाईमास्ने उद्देश्यले बैंकलाई गैर-कानूनी हानिनोक्सानी गर्ने गराउने योजना बनाई प्रतिवादीहरुले कृषि विकास बैंकमा रहेको रकम झिक्ने, निकाल्ने र राख्ने कार्यमा बिभिन्न प्रकृयाहरु मिलाउने र निकालिएको उक्त रकम भाग लगाई हिस्सा लिनेखाने, लाभ प्राप्त गर्नेसमेतको कार्य गरेको पाइएको ।
निज प्रेमहरी ढुंगेलले आफूले निरीक्षण, सुपरिवेक्षण गर्नुपर्ने कार्यलाई चासो नदिई दिपिका रेग्मीले गरेको अनियमितता आफूसमेत संलग्न रहि उक्त रकम बाँडिचुँडी खाईमासी बैंकलाई हानिनोक्सानी पुर्याई तथा बैंकमा बिभिन्न व्यक्तिहरुको नाममा प्राप्त भएका Account Payee Cheque हरु ECC का माध्यमवाट सम्बन्धित व्यक्तिहरुको खातामा जम्मा गरी सोही चेकहरुमा भएको विवरणहरु सच्याई गलत प्रतिवेदन पठाई एक पटक प्रयोग भई सकेको चेकलाई पुन: प्रयोग गरी दिपिका रेग्मीले Authorize का लागि गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे समक्ष पेश गरेकोमा निजहरुले पुन: प्रयोग गरेको चेक नहेरी सच्याइएको कागजातहरु मात्रैका आधारमा उक्त चेक सदर गरेको देखिएवाट यी सबै व्यक्तिहरुको मिलेमतोमा राष्ट्र बैंकको निर्देशिका विपरित चेक क्लियरिङको काम गरी प्राप्त रकम भागबण्डा गरी कृषि बिकास बैंकलाई रु.४,२४,१३,६११।४५ (चार करोड चौविस लाख तेह्र हजार छसय एघार रुपैयाँ पैंतालिस पैसा) नेपाल सरकारलाई हानिनोक्सानी गरेको पुष्टि हुन आएकोले देहायका राष्ट्रसेवक तथा व्यक्तिहरुले देहाय बमोजिमको कसुरमा देहाय बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
देहाय :
सि.नं. | पद, नामथर | कार्यालय | बिगो रु. | कसुर र मागदाबी |
१ | टेलर सहायक दिपिका रेग्मी | कृषि विकास बैंक, मूख्य शाखा कार्यालय, न्यूरोड | रु.४,२४,१३,६११।४५ | निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजले कृषि विकास बैंक न्यूरोड शाखाको हानिनोक्सानी गरेको रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सानी गरेको बिगो रकम असुलउपर हुनसमेत मागदाबी लिइएको छ । |
२ | तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेल | ” | रु.४,२४,१३,६११।४५ | ” |
३ | ऋण शाखा प्रमुख गोपाल गिरी | ” | रु.२,६१,१९,४१५।- | ” |
४ | तत्कालीन ऋण अधिकृत अवकाश प्राप्त सलिल रेग्मी | ” | रु.१,१०,३३,१९६।४५ | ” |
५ | ऋण शाखा प्रमुख महेश्वर मरहट्ठा | ” | रु.६७,२१,०००।- | निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले कृषि विकास बैंक न्यूरोड शाखाको हानिनोक्सानी गरेको रकम बिगो कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी गरेको रकम असुलउपर हुनसमेत मागदाबी लिइएको छ । |
६ | तारानाथ पाण्डे | ” | रु.४,००,०००।- | निजले भ्रष्टाचार निवारण ऐन, २०५९ दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले कृषि विकास बैंक न्यूरोड शाखाको हानिनोक्सानी गरेको रकम बिगो कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हानि नोक्सानी गरेको रकम असुलउपर हुनसमेत मागदाबी लिइएको छ । |
७ | अवकास प्राप्त सहायक रथी रमेशराज बिष्ट | रु.४,२४,१३,६११।४५ | निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरको मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम हानिनोक्सानीको बिगो कायम गरी मूख्य आरोपी दिपिका रेग्मीलाई भएसरह भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय हुन मागदाबी लिइएको छ । | |
८ | सञ्चालक प्रकाश घतानी | दुर्गा ज्वेलर्स | रु.२,६७,७५,४३५।- | निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरको मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम हानि नोक्सानीको बिगो कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय हुन मागदाबी लिइएको छ । |
प्रवक्ता
प्रदीपकुमार कोइराला
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...