भाइका लागि भोकै बस्ने छात्राको मृत्यु

FENG VIDEO

कयौँ वर्षसम्म आफ्ना भाइको सहयोगका लागि दैनिक करीब २ युआनमा आफ्नो जिन्दगी विताइरहेकी कुपोषित छात्राको ज्यान गएको छ। 

चिनियाँ मिडियामा सार्वजनिक खबर अनुसार मात्र २० किलोग्राम तौल भएकी वु श्वायेनको तस्वीर गत वर्ष सार्वजनिक भएको थियो। जुन दृष्य देखेर मान्छे छक्क परेका थिए। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई २०१९ अक्टूबरमा अस्पतालमा भर्ना गरिएको थियो। 


Advertisement

बेइजिङ यूथ डेलीसँग कुरा गर्दै ती २४ वर्षीया छात्राका भाइले आफ्नी दिदीकोे ज्यान गएको बताएका हुन्।

चिकित्सकहरुका अनुसार उनी विगत पाँच वर्षदेखि निकै कम खाना खान्थिन्। खानामा आवश्यक पोषण नभएका कारण उनको मुटु र मृगौलामा असर परेको बताइएको छ।


Advertisement

वु श्वायेन र उनका भाइले कयौँ वर्षसम्म दैनिक रुपमा छाक टार्नकै लागि निकै संघर्ष गर्नु परेको थियो। जब उनी चार वर्षकी थिइन् त्यतिखेर उनकी आमाको निधन भएको थियो।  उनी स्कूलमा छँदा पिताको ज्यान गएको थियो।

दुबै बालबालिकालाई त्यतिखेर हजुरआमा र पछि काकाकाकीले पालपोषण गरे। तर, उनीहरु वु दिदीभाइलाई महिनामा मात्र ३०० युआन दिन सक्थे। त्यसमध्ये अधिकत पैसा उनका भाइको औषधिमा खर्च हुन्थ्यो।  ती बालक पनि मानसिक स्वास्थ्यसँग प्रताडित छन्।

भाइका लागि भनेर ती छात्राले दैनिक २ युआन मात्र खर्चिन र पाँच वर्षसम्म खुर्सानीसँग भात खाइन्।  चिकित्सकहरुका अनुसार उनी कुपोषणबाट ग्रसित थिइन्। 

यी दिदीभाइ चीनको गिजो प्रान्तका हुन्। चीनका सबैभन्दा गरीब नागरिक रहेको प्रान्त मध्येको एक हो, यो। -बीबीसीकाे सहयाेगमा
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्