×

NMB BANK
NIC ASIA

पायक पर्ने स्थानमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन

माघ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बाग्लुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोट र २ बाटाकाचौर साग्दीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

ग्रामीण भेगमा स्वास्थ्य सेवाको सहज पहुँच पुर्‍याउन गाउँपालिकाको आर्थिक एवं प्राविधिक सहयोगमा एकाइ स्थापना गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वसाधारणलाई वडामा रहेका स्वास्थ्य चौकी पुग्न  अपायक भएपछि स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । ‘सामान्य उपचारका लागि पनि एक/डेढ घण्टा हिँडेरै जानुपर्ने अवस्था अन्त्यका लागि स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएका हौं,’ उनले भने । स्वास्थ्य एकाइ राख्दा घना बस्ती र सबैलाई पायक पर्ने ठाउँ रोजिएको छ । 


Advertisment
Nabil box
Kumari

साग्दी साविक बाटाकाचौर गाविस वडा नम्बर १, ७, ८ र ९ को केन्द्र हो । धुल्लुबास्कोटको गडेल पनि साविकका तीन वडाको केन्द्र मानिन्छ । स्वास्थ्य चौकी पायकमा नभएका बस्तीका सर्वसाधारणलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने सरकारी नीति नै छ ।

Vianet communication
Laxmi Bank

स्वास्थ्य एकाइ सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृत प्रदान गर्नुपर्छ । दुवै वडामा यसअघि रहेका खोप केन्द्रका भवनलाई थप व्यवस्थित गरी स्वास्थ्य एकाइ सञ्चालन गरिएको वडाले जनाएको छ । वडा कार्यायलले स्वास्थ्य एकाइलाई २ लाख रुपैयाँ बराबरका स्वास्थ्य उपकरण तथा सामग्रीसमेत प्रदान गरेको छ ।

प्रभावकारी सेवा प्रवाहका लागि एकाइ सञ्चालन तथा व्यवस्थापन समिति गठन गरी काम थालिएको गाउँपालिकाका स्वास्थ्य संयोजक पदमबहादुर पुनले बताए । स्वास्थ्य एकाइमा २ अहेबसहित कार्यालय सहयोगी रहनेछन् । केही महिनाअघि गाउँपालिकाकै हुग्दीशीर, बराहकोटमा पनि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x