×

NMB BANK
NIC ASIA

देवघाटको पर्यटकीय गतिविधि समेटिएको पुस्तिका प्रकाशनमा

माघ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

देवघाट गाउँपालिकाले पवित्र तीर्थस्थल देवघाटका पर्यटकीय तथा धार्मिक सम्पदा समेटिएको पुस्तिका प्रकाशनमा ल्याएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गाउँपालिकाले स्थानीय स्तरमा रहेका जीवन्त सम्पदा समेटिएको पुस्तिका प्रकाशन ल्याएको जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देवघाटका महत्त्वपूर्ण ठाउँहरुको प्रचारप्रसार गर्ने उद्देश्यसहित पुस्तिका प्रकाशन गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर रानाले जानकारी दिए । ‘देवघाट नेपालमा मात्रै नभई विदेशमा समेत प्रख्यात रहेको ठाउँ हो, देवघाटमा वार्षिक रुपमा लाखौं भक्तजन आउने गरेका छन्,’ उनले भने, ‘एउटै पुस्तकमार्फत यहाँका ठाउँहरूको बारेमा जानकारी दिन पुस्तिका प्रकाशन गरेका हौं ।’


Advertisment
Nabil box
Kumari

देवघाटको चक्रवर्ती मन्दिर, गलेश्वर आश्रम, महेश सन्यास आश्रम, हरिहर सन्यास आश्रम, वेणी संगमस्थल, सीता गुफा, देवपुर सामुदायिक घरबास, गोपीटार सामुदायिक घरबास, खाल्टे सामुदायिक घरबास, कोटा रंगशाला, छरछरे झरना, घण्टाचुली, प्याउलीगढी, सिन्च्याङगढी, पालुराज मन्दिर, सीता गुफा, बौद्ध गुम्बा लगायतका पर्यटकीय गन्तव्यलाई पुस्तिकाभित्र समावेश गरिएको छ ।

Vianet communication
Laxmi Bank

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले मंगलवार विमोचन गर्दै देवघाटधामको ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्त्व भएकोले कालीगण्डकी नदी डाइभर्सन गर्न नदिइने बताए । कालीगण्डकी नदीकै कारण देवघाट र गण्डकी प्रदेशको अस्तित्व रहेको हुनाले यसको संरक्षणमा गण्डकी प्रदेश सरकार लाग्ने उनले बताए ।

देवघाट क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थल चिनाउनको लागि तनहँु र चितवन जोड्ने त्रिशुली नदीको पुलको मुलमा चिनारी बोर्ड स्थापना गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० मा देवघाट घुम्न आउने पर्यटकलाई देवघाटधाम क्षेत्रको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिलाउन मुख्य स्थानहरूमा देवघाट क्षेत्र विकास समितिले बोर्ड स्थापना गरेको हो । 

देवघाट घुम्न आउने पर्यटकहरुलाई जानकारी गराउने उद्देश्यसहित मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरूको बारेमा नाम र नक्सा सहितको बोर्ड स्थापना गरिएको समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x