विश्व बैंकद्वारा नेपालको पुनर्निर्माणका लागि २३ अर्ब ऋण स्वीकृत

विश्व बैंकले नेपालको पुनर्निर्माणका लागि २ सय मिलियन डलर (करिब २२ अर्ब ६५ करोड रुपैयाँ)  ऋण सहायता दिने भएको छ। 

१२ वैशाख ०७२ को भूकम्पपछि क्षतिग्रस्त थप ८६ हजार घरको पुनर्निर्माणका लागि विश्व बैंकले ऋण स्वीकृत गरेको हो।


Advertisement

विश्व बैंकले नेपालमा सञ्चालन गरिरहेको अर्थक्वीक हाउजिङ रिकन्स्ट्रक्सन्स प्रोजेक्ट (ईएचआरपी) परियोजनाको दोस्रो चरणका लागि ऋण सहायता दिन लागेको हो।

विश्व बैंकले यसअघि ९६ हजार घर पुनर्निर्माणका लागि सहयोग गरेको थियो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्