×

NMB BANK
NIC ASIA

विश्व राजनीति

रुसी राजनीतिमा भुइँचालो : सत्तामा टिकिराख्न राष्ट्रपति पुटिन प्रधानमन्त्री बन्न चाहन्छन् ?

माघ २, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

रुसी राजनीतिमा भूकम्प ल्याउँदै प्रधानमन्त्री दिमित्री मेदभेदेभ सहित मन्त्रिपरिषद्ले नै राजीनामा दिएपछि अब त्यहाँको राजनीति कुन दिशातर्फ अग्रसर हुनेछ भनी धेरैले चासो लिएका छन् । 

Muktinath Bank

राष्ट्रपति भ्लादिमिर पुटिनले शासन व्यवस्थामा व्यापक सुधार ल्याउने प्रस्ताव राखेसँगै प्रधानमन्त्री तथा अन्य मन्त्रीहरूको राजीनामा आएको हो । पुटिनले उनीहरूको राजीनामा स्वीकृत गरिसकेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुटिनले हिजै (बुधवार) संसद्लाई सम्बोधन गर्दै संविधान संशोधनको प्रस्ताव राखेका छन् । त्यस प्रस्ताव अनुसार प्रधानमन्त्री र संसद्को शक्तिमा वृद्धि गरिनेछ भने राष्ट्रपतिको शक्ति कमजोर बनाइनेछ । टर्कीमा रेचेप तैयिप अर्दोआनले प्रधानमन्त्री पद खारेज गरेर शक्तिशाली राष्ट्रपति बने जस्तै रुसमा चाहिँ राष्ट्रपति चाहिँ सेरेमोनियल किसिमको अनि प्रधानमन्त्री चाहिँ शक्तिशाली बनाउन लागिएको छ । अनि संसद्लाई पनि पहिलेभन्दा बढी सशक्त बनाइने प्रस्ताव छ । 


Advertisment
Nabil box
Kumari

त्यस प्रस्तावलाई जनतासमक्ष अनुमोदनका लागि लैजाने कुरा पनि पुटिनले गरे । टर्कीमा जस्तै जनताको अनुमोदन सुरक्षित गर्ने हिसाबमा नै जनमत संग्रह गराइने सम्भावना छ ।

Vianet communication
Laxmi Bank

यसरी प्रधानमन्त्रीको शक्ति वृद्धि गराउनुका पछाडि पुटिनको राष्ट्रपतीय कार्यकाल सन् २०२४ मा सकिनु प्रमुख कारण हो । दुई कार्यकाल लगातार राष्ट्रपति बनेका पुटिनले संविधानतः अब राष्ट्रपतीय चुनाव लड्न पाउँदैनन् । उनले अब आफू शक्तिशाली प्रधानमन्त्री बन्ने संकेत यसै कदममार्फत दिएका छन् । 

सन् २००८ मा पनि पुटिन राष्ट्रपति पद त्यागेर प्रधानमन्त्री बनेका थिए । एकै व्यक्ति दुई कार्यकाल लगातार चलाउन नपाउने व्यवस्थालाई छल्नका लागि उनले आफ्ना विश्वासपात्र मेदभेदेभसँग राष्ट्रपति पद साटेका थिए ।

अहिले मेदभेदेभले राजीनामा दिएपछि पुटिनले उनका ठाउँमा संघीय कर सेवाका प्रमुख मिखाइल मिशुस्तिनलाई ल्याएका छन् । रुसी संसद्को तल्लो सदन ड्युमाले बिहीवार देशको नयाँ प्रधानमन्त्री छान्नेछ । मेदभेदेभलाई रुसको सुरक्षा परिषद्को उपाध्यक्ष बनाइने अपेक्षा छ । परिषद्का अध्यक्ष पुटिन आफैं हुन् । 

यो अनपेक्षित कदमले पुटिन अब राष्ट्रपति चाहिँ नबन्ने प्रस्ट पारेको छ । सन् २०२४ मा कार्यकाल सकिएपछि उनी प्रधानमन्त्री बन्न सक्छन् । केही विश्लेषकहरूले भने पुटिन प्रधानमन्त्री बनेनन् भने उनलाई हालै शक्तिशाली बनाइएको स्टेट काउन्सिलको प्रमुख बनाइने वा उनका लागि नयाँ पद सृजना गरिने र उनको उत्तराधिकारीको भन्दा पनि बढी शक्तिशाली उनलाई बनाइने समेत आकलन गरेका छन् । 

अर्थात् सत्ताको साँचो पुटिनसँग नै रहने पक्का छ । उनले उत्तराधिकारीहरू छनोट गर्न थालिसकेको विश्लेषकहरू बताउँछन् । प्रधानमन्त्री बनाइन लागेका मिशुस्तिन उनका एक विश्वासपात्र उत्तराधिकारी हुन् र उनीसँग राजनीतिक अनुभव छैन । उनी पुटिनकै निर्देशन बमोजिम चल्नेछन् । 

नेपथ्यमा जो देखिए पनि पुटिन नै रुसको शासनमा सर्वेसर्वा हुन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीको पद सम्हाल्दै शासन चलाउन थालेको लगभग २१ वर्ष भइसकेको छ । रुसमा यति लामो शासन (२९ वर्ष) यसअघि जोसेफ स्टालिनले चलाएका थिए । 

रुसमा विपक्षी दलका नेताहरू अलेक्सेई नवाल्नी र मिखाइल कास्यानोभले पुटिनसँग जिन्दगीभरि शासक बन्ने इच्छा रहेको आरोप लगाएका छन् । छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङलाई चिनियाँ कम्युनिस्ट पार्टीले जीवनभरिका लागि राष्ट्रपति बन्ने बाटो खोलिदिएपछि पुटिन पनि त्यसै गर्न चाहिरहेका हुन् जस्तो देखिन्छ । सीलाई आजीवन राष्ट्रपति बनाएपछि चिनियाँ कम्युनिस्ट पार्टी उनकै नेतृत्वमा थप एक्यबद्ध भएको छ र पार्टीमा सबै किसिमका मतभिन्नताहरू अन्त्य गरिएका छन् । पुटिन पनि पार्टीभित्रको आन्तरिक राजनीतिक दाउपेचलाई आफैंले नियन्त्रण गरिरहन पाइयोस् भनी चाहना राख्छन् ।

पुटिनले यसरी शक्ति आफैंसँग सीमित राख्नुमा पश्चिमसँगको प्रतिद्वन्द्विता पनि एक कारण हो । देशमा राजनीतिक तनाव खेप्नुपरेमा पश्चिमसँग प्रतिस्पर्धा गर्न नसकिने निष्कर्ष उनले निकालेको हुनुपर्छ । चीनमा विपक्षी दलहरू नभएकाले सीले खासै टाउको दुखाइरहनुपर्दैन तर रुसमा विपक्षी दलहरू छन् र यदाकदा तिनले ठूलै किसिमका प्रदर्शन पनि गरिरहेका हुन्छन् यद्यपि तिनलाई पुटिनले दबाउने गरेका छन् । तर विपक्षी शक्तिहरूको आडमा विदेशी शक्तिहरूले खेल्ने मौका पाउँछन् भन्ने विषयमा सचेत रही पुटिनले शक्तिसञ्चय पनि गरिरहेको हुनुपर्छ । उनले संविधान संशोधन गरेर अन्तर्राष्ट्रिय कानूनको तुलनामा देशकै कानून बलियो बनाउने प्रस्ताव राखेर पश्चिमका आदेश नमान्ने स्पष्ट सन्देश दिएका छन् । 

पश्चिमलाई चुनौती दिनका लागि पुटिनले चीनसँग सुमधुर सम्बन्ध बनाइरहेको सर्वविदितै छ । उनले चीनको पेटी सडक पहललाई पनि खुला हृदयले अपनाए अनि चिनियाँ कम्पनी हुआवेलाई रुसको ५जी नेटवर्क बनाउने ठेक्का दिए । चीनसँगको निकट सम्बन्ध बनाएका पुटिन सी जस्तै शक्तिशाली बन्न चाहेको देखिन्छ । देशमा स्थिरता ल्याउन पनि शक्तिशाली नेतृत्व आवश्यक हुन्छ भन्ने बुझेरै पुटिनले शक्तिलाई आफूमा केन्द्रित गरेका हुन् ।

तर उनको यो कदम प्रत्युत्पादक पनि हुन सक्ने सम्भावना छ । पुटिनले प्रधानमन्त्रीको कार्यकाल सकिएपछि पुनः राष्ट्रपति बन्न खोज्दा निकै विरोध भएको थियो । त्यसलाई त उनले दबाए र अब हुन सक्ने विरोधलाई पनि दबाउलान् । तर त्यसले समाजलाई विभाजित भने गर्न सक्छ । अनि सधैं एउटै व्यक्ति सत्तामा रहँदा जनतामा एक किसिमको विरक्ति पनि आउन सक्छ । 

त्यसमाथि रुसको अर्थतन्त्र अपेक्षित गतिमा बढ्न नसकेको र जनसंख्या घट्दै गएको स्थिति पनि छ । यी समस्याको समाधान गर्नु पुटिनका लागि चुनौती हो । शीतयुद्ध सकिएपछिको एक दशकमा छाएको अस्थिरतालाई पुटिनले अन्त्य गर्दै देशलाई स्थिर बनाएका हुन् तर उनले आफ्नो राम्रो कामलाई अघि बढाउने उत्तराधिकारी अघि नसारेर आफैं सत्तामा बसिरहने काम गरे । सत्तामा बस्ने काम उनले थप लम्ब्याउन खोज्दैछन् । यसले देशलाई थप शक्तिशाली बनाउँछ कि कमजोर बनाउँदै लग्छ भन्ने कुरा भविष्यले नै बताउनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x