सिटी एक्सप्रेसको ‘दशैंतिहारमा उपहारको बहार’ योजनाको विजेता घोषित

सिटी एक्सप्रेसले मनि ट्रान्सफरका अभिकर्ताको वैकल्पिक आयआर्जनका लागि जीवन बीमाको अभिकर्ताको रुपमा समेत कार्य गर्ने अवसर प्रदान गरी बीमा सम्बन्धी कार्यलाई प्रोत्साहन गर्न ‘दशैंतिहारमा उपहारको बहार’ योजनाका विजेता घोषणा गरेको छ ।

२०७६ भदौ १५ देखि पुस १५ गतेसम्म योजना सञ्चालन गरेकोमा उत्कृष्ट व्यवसाय गर्न सफल नेपालटारस्थित एभरसेफ मनि ट्रान्सफरबाट सरला अधिकारी र रानीबारीस्थित अक्सफोर्ड नेपाल मनि ट्रान्सफरका पिताम्बर सापकोटाले ३२ इन्चको सामसुङ स्मार्ट टीभी र ढल्कोस्थित फिनटेक सर्भिसेजका रबिन्द्र महर्जनले ४३ इन्चको सामसुङ स्मार्ट टीभी प्राप्त गर्न सफल भएका छन् ।


Advertisement

कमलादीस्थित सिटी एक्सप्रेस कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरी सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डनबाट विजेतालाई उपहार हस्तान्तरण गरिएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्