×

NMB BANK
NIC ASIA

ललितपुरको कुसुन्तीस्थित क्रिस्चियन धर्मको आशा मण्डलीका पास्टरले एक युवतीको शारीरिक अस्वस्थतालाई निको पार्ने भन्दै बलात्कार गरेको खुलेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सोमवार बलात्कारको उजुरी परेपछि महानगरीय प्रहरी परिसर ललितपुरले ध्रुबबाबु भनिने विश्वास जोशीलाई पक्राउ गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पास्टर जोशीले २१ वर्षीया युवतीलाई शारीरिक सम्बन्ध राखे ‘पाप पखालिने’ भनेर पटक–पटक यौन सम्बन्ध राखेको खुल्न आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष तामाङले बताए ।


Advertisment
Nabil box
Kumari

‘पास्टर बताउने विश्वास जोशीले युवतीलाई धर्मको नाममा प्रलोभनमा पारेर पटक–पटक अनैतिक यौन सम्बन्ध राखेको देखिन्छ,’ उनले भने । जोशीले चर्चभित्र परमेश्वरको प्रार्थना गर्न लगाएर होटलमा लैजाँदै जबरजस्ती करणी गर्ने गरेको खुलेको छ ।

Vianet communication
Laxmi Bank

परमेश्वरको त्रास देखाएर बलात्कार !

ललितपुरकी सुनिता (नाम परिर्वन) सानैदेखि शारीरिक रुपमा अस्वस्थ थिइन् । परिवारबाट समेत उनलाई खासै सहयोग थिएन । त्यसैले गर्दा उनले एसएलसी पास गर्न पनि पाइनन् ।

उनले सानैमा बालविवाह गरिन् तर दीगो भएन । उनी फेरि माइतमै आइन् । त्यसपछि उनी विक्षिप्त भइन् । माइती घरपरिवारको दिनदिनैको गालीले गर्दा उनी आफैं केही गर्ने सोचमा थिइन् तर शारिरीक अस्वस्थताले जे पायो त्यही काम गर्न सक्ने अवस्था भने थिएन । त्यति नै बेला उनी कोटेश्वरमा रहेको महिलालाई सीपमूलक तालिम दिएर स्वावलम्बी बनाइदिने संस्थाकी सञ्चालक अन्जनाको सम्पर्कमा आइन् ।

संस्थामा सीप सिकेर सुनिताले नखिपोटमा संस्थाकै सहयोगमा कस्मेटिक पसल खोलेर चलाउन थिइन् । नखिपोटबाट नजिकै कुसुन्तीमा थियो पास्टर विश्वास जोशीको आशा मण्डली चर्च ।

शारीरिकरुपमा अशक्त रहेका व्यक्तिलाई पास्टरले निको पार्दै आएको कुरा पसलमा आउने ग्राहकबाट सुनेपछि आफू चर्चमा गएको सुनिताले प्रहरीलाई बताएकी छन् । गत मंसिर २० गते उपचार हुने आशमा सुनिता जोशीको चर्चमा पुगिन् । चर्चमा आएपछि उनी अस्वस्थ रहेको थाहा पाएको जोशीले प्रहरी समक्ष बयान दिएका छन् ।

‘तिमीले सानैमा धेरै पटक यौन सम्पर्क राखेकाले पाप लागेर शारीरिकरुपमा यस्तो अवस्था भएको हो,’ पास्टरले शुरूमै आफूलाई भनेको भनाई उदृत गर्दै सुनिताले प्रहरीसमक्ष बयानमा भनेकी छन्, ‘यदि तिमी निको हुने र पापबाट मुक्त हुने भए मसँग यौन सम्पर्क राख्नुपर्छ ।’

शारीरिकरुपमा निको हुने आश बोकेर आएकी सुनिताले पास्टरलाई सजिलै विश्वास गरिन् । गोरखा नगरपालिका–६ छहरे घर भएका विश्वास जोशीले सोही दिन सुनितालाई ललितपुरको महालक्ष्मीस्थान नजिकै रहेको सिटी गेस्ट हाउसमा लगे । सुनिताले प्रहरीलाई दिएको बयानअनुसार पास्टरले त्यो गेस्ट हाउसमा रजिस्टरमा दर्ता नगरी नै कोठामा लगेका थिए ।

गेस्ट हाउसमा नाम दर्ता नगराई कोठामा प्रवेश गर्न पाइँदैन । पास्टर जोशी समय–समयमा होटलमा जाने भएकाले उनले रजिस्टरमा नाम दर्ता नगरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पास्टर जोशी समय–समयमा गेस्ट हाउसमा आउने, १५ मिनेट आधा घण्टा बस्ने र १ हजार रुपैयाँ दिएर जाने भएकाले दर्ता नगरेको गेस्ट हाउसका सञ्चालकले जनाएका छन् ।

‘उहाँ बेला–बेलामा केटीहरू लिएर आउने, १ हजार रुपैयाँ दिएर १५–३० मिनेट जति बस्ने र जाने गर्नुहुन्थ्यो । त्यो दिन पनि लगभग १५ मिनेट जति बस्नुभएको थियो,’ उनले भने ।

गेस्ट हाउसमा पास्टरले ‘परमेश्वरले भनेको’ भन्दै जबरजस्ती गरेर २ पटक पसलमै बलात्कार गरेको सुनिताले प्रहरीलाई बयान दिएकी छन् ।

स्वास्थ्य निको नभएपछि सुनिताले पास्टरसँग शारीरिक सम्पर्क गर्न मानिनन् तर पास्टरले धम्की दिँदै र परमेश्वरको आदेश भन्दै जबरजस्ती शारीरिक सम्पर्क राखिरहे । ‘यदि कसैलाई भनिस् भने तँलाई मारिदिन्छु भन्दै पास्टरले धम्की दिएका थिए,’ उनले भनेकी छन् । सुनिता १ महिनासम्म सहेर बसिन् । १ महिनापछि सुनिताले आफूलाई सहयोग गर्ने संस्थाकी सञ्चालक अन्जनालाई सबै बेलिविस्तार बताइन् ।

सञ्चालक अन्जनाको सहयोगमा सुनिताले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिइन् । प्रहरीले पास्टर विश्वास जोशीलाई पुस २८ गते पक्राउ ग¥यो । प्रहरीले जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप गरी घटनाको अनुसन्धान गरिरहेको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x