×

NMB BANK
NIC ASIA

विपद् व्यवस्थापनका लागि नागरिक सचेतना र कानूनी प्रबन्ध हुनुपर्छ : गृहमन्त्री थापा

माघ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गृहमन्त्री रामबहादुर थापाले नागरिक सचेतना र विपद् व्यवस्थापन गर्ने कानूनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिने बताएका छन् ।

Muktinath Bank

विक्रम संवत् १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परी दिवंगतको स्मृतिमा कामपाले बिहीवार आयोजना गरेको स्मृति सभामा गृहमन्त्री थापाले भने, ‘कहिलेकाहीँ अप्रत्याशित जोखिम व्यहोर्नुपर्ने अवस्थाबाट बाँच्न र बचाउने उपाय भनेकै सुरक्षित भवन र यसप्रतिको साझा प्रतिबद्धता हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री थापाले २०७२ सालको भूकम्पबाट क्षति भएको भौतिक संरचनाको पुनर्निर्माणलाई सरकारले प्राथमिकता दिएको पनि स्पष्ट पारे ।


Advertisment
Nabil box
Kumari

सभामा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले विपत्बाट हुने क्षति कम गर्न र सचेतना बढाउन तथा विपत्ति आइपर्ने क्षति कम गराउने महानगरले वडास्तरीय विपद् क्षति व्यवस्थापन तथा नागरिक सुरक्षा समिति गठन गरेको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

भवन निर्माण संहिताको कार्यान्वयनलाई कडाइ गरेको भन्दै शाक्यले कामपाभित्र निर्माण हुने सरकारी वा निजी जुनसुकै प्रकारका भवन पनि नक्सा स्वीकृत नगराई निर्माण गर्न गराउन नपाउने व्यवस्थालाई कडाइ गरिएको जानकारी दिए । कामपा विपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले वडातहमा गठन गरिएका विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिमार्फत नागरिकलाई सुरक्षित महसुस गराउने कामले तीव्रता पाइरहेको बताए ।

विक्रम संवत् १९९० माघ २ गतेको विनाशकारी भूकम्पले पुर्‍याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको हो । विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । यो २२ औं दिवस हो । यस वर्षको नारा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दीगो सुरक्षा र समृद्धिको आधार’ रहेको छ ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, महानगरका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा जनप्रतिनिधि र विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x