×

NMB BANK
NIC ASIA

अन्तर्राष्ट्रि चलचित्र महोत्सव फागुन १ देखि, ७९ चलचित्र प्रदर्शन हुने

माघ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

तेस्रो नेपाल अन्तर्राष्ट्रि चलचित्र महोत्सव आगामी फागुन १ देखि ५ गतेसम्म काठमाडौँमा सञ्चालन हुने भएको छ । 

Muktinath Bank

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ७९ चलचित्र प्रदर्शन हुनेछन् । महोत्सवबारे जानकारी दिने उद्देश्यले प्रतिष्ठानद्वारा बिहीबार आयोजित कार्यक्रममा सहरी विकास राज्यमन्त्री तथा चलचित्रकर्मी रामवीर मानन्धरले चलचित्र क्षेत्रले राष्ट्रको पहिचानलाई बढवा दिने बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुलुकको विकास र समृद्धिमा कलाकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने हुँदा राष्ट्रिय महत्वका विषयहरुलाई प्रचारप्रसारमा ल्याउन आग्रह गर्दै उनले राष्ट्रलाई चिनाउने ढङ्गले चलचित्रमा विषयवस्तु समावेश गर्न र राष्ट्र एंव राष्ट्रियतालाई सर्वोपरी मानेर चलचित्र बनाउन सुझाव दिए। 


Advertisment
Nabil box
Kumari

अभिनेता निर शाहले राष्ट्रिय चलचित्र उद्योगको विकास र प्रवद्र्धनका लागि विभिन्न संस्थाहरु सक्रिय रहनु सकारात्मक सङ्केत भएको उल्लेख गर्दै नेपाली चलचित्रलाई अन्तरराष्ट्रियकरण गर्नका लागि सबैको सहयोग अपरिहार्य रहेकाे बताए।

Vianet communication
Laxmi Bank

प्रतिष्ठानका अध्यक्ष केपी पाठकले १० अन्तरराष्ट्रिय, ३५ लघु, पाँच नेपाली र  १५ नेपाली लघु चलचित्र तथा आठ वृतचित्र र ६ एनिमेटेड गरी ७९ चलचित्र प्रदर्शन गरिने जानकारी दिए। उनले ५५ देशबाट प्राप्त ६०० चलचित्रबाट उत्कृष्ट छनिएका मात्र प्रदर्शन गरिने जानकारी दिए। “विगतमा कथानक चलचित्र मात्र प्रदर्शन गरिन्थ्यो”, उहाँले भन्नुभयो, “यो वर्ष एनिमेसन र वृत्तचित्र विधा पनि थप गरिएको हो ।” महोत्सवमा सबै विधाका उत्कृष्ट चलचित्रलाई पुरस्कृत गरिने पनि उनले जानकारी दिए।

अन्तरराष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत कथानक फिल्मलाई एक हजार ५०० अमेरिकी डलरसहित गौतमवुद्ध अवार्ड, सर्वोत्कृष्ट वृतचित्रलाई एक हजार डलरसहित माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५०० डलरसहित वाग्मती अवार्ड प्रदान गरिने छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x