कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
माघ ३, २०७६
प्रतिनिधि सभाको सभामुख पूर्व माओवादी खेमाबाटै बनाउन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् ।
अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीवार बालुवाटारमा भएको छलफलमा माओवादी खेमाबाटै सभामुखको उम्मेदवार बनाउने सहमति भएको प्रचण्ड निकट उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।
‘नेकपाको पूर्व माओवादी समूहका सांसद मध्येबाट सभामुखको उम्मेदवार बनाउने सहमति भएको छ, अब प्रचण्डले जो चाह्यो त्यही सभामुखको उम्मेदवार बन्ने पक्का भएको छ,’ स्रोतले लोकान्तरसँग भन्यो ।
नेकपाभित्र सभामुखको उम्मेदवारको विवाद पेचिलो बन्दै गएपछि संसदको बैठक सूचनामार्फत लामो समय स्थगित गरिएको छ ।
प्रधानमन्त्री ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन अडान लिएका कारण लामो सहमति जुट्न सकेको थिएन । पछिल्लो समय पूर्व एमालेको एउटा खेमा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाउने लविङमा थियो ।
पुस २६ गते बसेको नेकपा सचिवालय बैठकले राजीनामा गर्न सुझाव दिएपनि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा गर्न अस्वीकार गर्दै आएकी छिन् । बिहीवारको बैठकमा उपसभामुखलाई राजीनामा गराउन पुनः आग्रह गर्ने सहमति पनि भएको छ ।
दोस्रो तहका नेताहरूको दबाबपछि प्रचण्डले सभामुख पूर्व माओवादी पक्षबाटै हुनुपर्ने अडानबाट पछि नहट्ने संकेत ओलीलाई दिएका थिए । पछिल्लो पटक ओलीसँगको भेटमा पनि प्रचण्डले सो अडान दोहोर्याएका थिए । प्रचण्डको यही अडानका कारण २ अध्यक्षबीच सम्बन्ध चिसिएको विश्लेषण भएका थिए । संवादहीनता तोड्दै बिहीवार २ अध्यक्षबीच लामो छलफल भएको थियो ।
नेकपाले सभामुखको उम्मेदवार छान्न नसक्दा पुस ४ गते शुरू भएको संसदको हिउँदे अधिवेशनको प्रतिनिधिसभा बैठक सूचना पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको छ । ‘माघ ६ गतेका लागि बोलाइएको बैठक अगावै उपसभामुख तुम्बाहाङ्फेको राजीनामा आउँछ, सोमवारको संसद बैठकले सभामुख निर्वाचनको प्रक्रिया शुरू गर्छ,’ नेकपा स्रोतले लोकान्तरसँग भन्यो ।
पढ्नुहोस्, यो पनि :
सभामुखमा सुवास नेम्वाङको च्याप्टर क्लोज, अब प्रचण्डले जो चाह्यो त्यही !
सभामुख निर्वाचन शुरू गर्नुअघि उपसभामुखले राजीनामा दिने र ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने गरी तयारी भएको छ । आफैंलाई सभामुख बनाउनुपर्ने भन्दै राजीनामाको अड्डी कसेकी उपसभामुख तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार तोकेपछि राजीनामा दिने बताउँदै आएकी छिन् ।
प्रचण्डले रोजेको व्यक्ति सभामुख
प्रतिनिधि सभाको सभामुखका लागि प्रचण्डले प्रभावशाली नेता अग्नि सापकोटाको नाम अगाडि सार्दै आएका छन् । दोस्रो विकल्पमा पम्भा भुसालको नाम अगाडि सारिएको छ । तर ओलीले दुवै नाममा सहमति नजनाएको अवस्थामा प्रचण्डले हरिबोल गजुरेलको नाम समेत अगाडि सारेका छन् । प्रधानमन्त्री ओलीबाट सहमति आउनसक्ने संकेत पाएपछि प्रचण्डले गजुरेललाई सभामुख उम्मेदवार बनाउनेबारे पूर्व माओवादी खेमाका नेताहरूसँग छलफल गरेको स्रोतले जनाएको छ ।
‘सभामुखको उम्मेदवारको लागि प्रचण्डको पहिलो रोजाइ अग्नि सापकोटा र दोस्रोमा पम्फा भुसाल हुनुहुन्छ,’ नेकपा स्रोतले भन्यो, ‘दुवैमा सहमति हुन नसके मध्यमार्गी विकल्पमा गजुरेलको नाम समेत आएको छ ।’ भुसाल ललितपुर ३, सापकोटा सिन्धुपाल्चोक १ र गजुरेल सिन्धुलीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
यसअघि पूर्व माओवादीबाट देव गुरुङको नाम समेत चर्चामा थियो । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएका थिए । सभामुख नहुँदा संसदका नियमित काम प्रभावित हुन पुगेको छन् ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...