‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा एकै दिन ५५ छोरीको बीमा

प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सिरहाको कल्याणपुर नगरपालिकामा जारी छोरी शिक्षा बीमा सप्ताहको पहिलो दिनमै ५५ को बीमा गरिएको छ । 

विक्रम संवत् २०७५ माघ २ पछि जन्मेका सबै छोरीको बीमा गर्न सिरहाको कल्याणपुरमा जारी छोरी बीमा सप्ताह शिविरको पहिलो दिन बिहीवार मात्रै ५५ को बीमा गरिएको जनाइएको छ ।


Advertisement

नगरपालिकास्थित रेडक्रस भवनमा भइरहेको सप्ताहको दोस्रो दिन शुक्रवार पनि बीमा गराउन छोरीलाई काखामा च्यापेर शिविरस्थलमा अभिभावकको घुइँचो लागेको सामाजिक सुरक्षा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिए ।

शिविरको प्रदेशका आर्थिक मामिलामन्त्री विजयकुमार यादवले उद्घाटन गरेका थिए । छोरा र छोरीबीच हुने विभेद्लाई अन्त्य गर्दै छोरीको शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले सञ्चालित छोरी बीमा सप्ताह शिविरमा विक्रम संवत् २०७५ साल माघ २ गतेपछि प्रदेशमा जन्मेकी सबै छोरीहरुको सबै कागजाती पूरा गरी शिविरमै बीमा गरिने जनाइएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्