×

NMB BANK
NIC ASIA

नयाँ नियम कानून बनाउँदा सरोकारवालाको परामर्श लिइयोस् : उपाध्यक्ष ढकाल

माघ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सम्बन्धित कुनै नयाँ नियम तथा कानून निर्माण गर्दा निजी क्षेत्रसँग सल्लाह र परामर्श गरेर निर्माण गर्न सकियो भने यस्ता नियम कानूनको कार्यान्वयन गर्न सजिलो हुने र यसले देशमा व्यावसायिक विकासका लागि पनि ठूलो सहयोग पुर्‍याउने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

‘यी तीनै तहका सरकारले निजी क्षेत्रसँग सम्बन्धित नयाँ नीति नियम तथा कानून निर्माण गर्दा निजी क्षेत्रसँग समन्वय गर्न सकिएमा यसले सरकार र निजी क्षेत्रबीचको साझेदारिता थप बलियो हुनेछ, राष्ट्रिय समृद्धिमा पनि सहयोग पुग्ने छ,’ नेपालमा पछिल्लो राजनीतिक परिवर्तनपछि ३ तहको सरकार विद्यमान रहेको उल्लेख गर्दै ढकालले भने, ‘सरोकारवालाको सामान्य परामर्श मात्र लिने काम भयो भने पनि यसले उनीहरूका व्यावसायिक अप्ठ्याराहरू सुल्झाउन सहयोग नै गर्नेछ र आफ्नो परामर्शमा निर्माण भएका यस्ता नियमको कार्यान्वयन गर्न वास्तवमा व्यावसायी आफैं पनि लाग्नेछन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल निर्माण व्यावसायी महासंघको २१ औं साधारण सभालाई शुक्रवार भक्तपुरमा सम्बोधन गर्दै उपाध्यक्ष ढकालले नेपालमा राजनीतिक परिवर्तनपछिको हालको समयमा सबै नेपालीले चाहेको विषय भनेको आर्थिक समृद्धि नै हो र त्यसका लागि आवश्यक पहिलो खुड्किलो भनेको पूर्वाधार निर्माण भएको बताए ।


Advertisment
Nabil box
Kumari

पूर्वाधार निर्माणका लागि महत्त्वपूर्ण पक्ष भनेको देशका निर्माण व्यवसायीहरू रहेको बताउँदै उनले देश निर्माणका निमित्त निर्माण व्यावसायीको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरे ।

Vianet communication
Laxmi Bank

सरकारी निकाय तथा विगतदेखि कार्यान्वयनमा रहेका नियमका कारण कतिपय अवस्थामा निर्माण व्यावसायीलाई पनि असहज बनाएको अवस्था पनि विद्यमान रहेकोतर्फ सरोकारवाला निकायले सोच्नुपर्नेमा उनले जोड दिए ।

‘जस्तै भनौं न निर्माण क्षेत्रमा रुख काट्ने काम होस् या ईआईएकै होस् अथवा सामान्य रुपमा भन्दा एउटा बिजुलीका पोल सार्ने जस्तो सानो काम नै किन नहोस् यसले पनि उहाँहरूलाई अप्ठ्यारो पारेको देखिन्छ र यस्ता सानातिना झमेलाले पछि गएर समयमा काम नसक्ने अवस्थाको सिर्जना गरेको हुन्छ,’ उनले भने ।

यसरी निर्माण व्यवसायीले मात्र समयमा काम नसकेको दोष उनीहरूलाई लाग्ने गरेको बताउँदै उनले प्रक्रियागत कारणले ढिला गराइरहेको गुनासा सुनिने गरिएको र सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।

उपाध्यक्ष ढकालले कार्यक्रमका प्रमुख अतिथि रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलको ध्यानाकर्षण गराउँदै भने, ‘संघ नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघको एक सक्रिय सदस्यका हैसियतले म उपप्रधानमन्त्रीज्यूलाई यो आग्रह गर्न चाहन्छु कि काम थाल्नुअघिका जति पनि प्रक्रियागत कुराहरू छन्, ती सबै निर्माणमैत्री बनाउन राज्यको ध्यान पुगोस् ।’

उपाध्यक्ष ढकालले नेपालका निर्माण व्यवसायीको व्यावसायिक हकहितको संरक्षण र सम्बद्र्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघ सदा नेपाल निर्माण व्यवसायी महासंघको साथमा रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x