×

NMB BANK
NIC ASIA

अनलाइनले श्रमिकलाई झन् समस्या, टिकट सार्न व्यवसायीलाई आग्रह

माघ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस)मा देखिएको प्राविधिक समस्याले श्रमिकलाई झन् अन्योल बनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

बुधबारदेखि सर्भरमा देखिएको आंशिक समस्या शुक्रबारसम्म देखिए पनि यसको मर्मतसँगै आंशिक सुधार आएको बताइएको छ । विभागको श्रम कार्यालयका अनुसार बुधबार र बिहीबार एक÷डेढ घण्टाबाहेक अधिकांश समय सर्भरले काम नै गरेन । शुक्रबार बिहान समस्यामा केही सुधार आए पनि दिउँसो खुल्ने र बन्द हुने क्रम भइरहेको थियो तर मर्मतपछि सुधार भई काम भएको बताएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्भरमा समस्या आउँदा अनलाइनबाट हुने सम्पूर्ण सेवामा असर परेको छ भने । यसको प्रत्यक्ष मारमा सेवाग्राही परेका छन् । श्रम कार्यालयका अनुसार अहिले दैनिक एक हजारभन्दा बढीले श्रमस्वीकृति लिने गरेका छन् । सर्भरमा आएका समस्याका कारण आजै टिकट भएका सेवाग्राही मर्कामा परेका छन् ।


Advertisment
Nabil box
Kumari

विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले ‘तीन दिनदेखि सर्भरमा आएको समस्याका कारण सेवाग्राहीलाई दुःख भएको र सोको मर्मतका लागि विभागलगायत सम्बन्धित निकायको प्राविधिक टोलीले निरन्तर खटिइ रहेको, बताउँछन् ।

Vianet communication
Laxmi Bank

उनले भने, सर्भरका कारण आकस्मिक रूपमा उत्पन्न व्यवधान भएकाले यसको मर्मत भई सूचारु नहुञ्जेलसम्मका लागि सेवाग्राही पर्न गएको सुविधाप्रति विभाग जानकार रहेको छ र समाधनका लागि रातदिन प्राविधिकले मर्मतको काम गरिरहेका छन् ।

विभागका महानिर्देशक भुसालका अनुसार बिहीबार रातिदेखि नै सर्भरमा देखिएको समस्या पूर्ण समाधानका लागि पहल भइरहेको र सेवाग्राहीलाई सेवा दिने काम पनि आंशिक रूपमा भइरहेको छ ।
साथै विभागले उडानको मिति एकदमै नजिक भएपछि श्रम स्वीकृतिका लागि आवेदन गर्दा हुनसक्ने प्राविधिक समस्यालाई मध्यनजर गरी उड्ने समय एक साता हुँदै श्रमस्वीकृतिका आवेदन प्रक्रिया पूरा गर्न सेवाग्राहीलाई आग्रह गरेको छ ।

विभागका महानिर्देशक भुसालले अहिले सबै अनलाइनबाट काम हुने सर्भरमा समस्या आउनेवित्तिकै सबै काम रोकिने भएकाले समयमै श्रमस्वीकृतिको प्रक्रिया गर्न आग्रह गरे। उनले भने, 'आजै टिकट भएका पनि एकदिनमा श्रमस्वीकृतिको सबै प्रक्रिया पूरा गरेर विदेश जान्छु भनेर आउनु हुँदोरहेछ तर प्रणालीमै समस्या आएपछि त उहाँहरूले उडान रद्द गर्नुपर्‍यो, त्यसैले सेवाग्राहीले उड्नेभन्दा कम्तीमा एक साता पहिले श्रमस्वीकृति लिनुपर्छ ।'

शनिबार पनि श्रम कार्यालय खुला हुने

उनका अनुसार सेवाग्राहीको चापलाई हेरेर शुक्रबार बेलुकी अबेरसम्म श्रम कार्यालयले सेवा प्रवाह गर्नेछ । महानिर्देशक भुसालले सेवाग्राहीको हितलाई ध्यानमा राखेर शनिबार पनि ताहाचलस्थित श्रम कार्यालय ताहाचल खुला गरेर सेवा दिइने जानकारी दिए ।

टिकट सार्न व्यवसायीलाई आग्रह

माघ १ गतेदेखि नै प्राविधिक समस्या देखिएकाले यस अगाडि नै टिकट बुकिङ गरिसकेका व्यवसायीलाई टिकट पछाडि सार्नसमेत विभागले आग्रह गरिरहेको छ ।

महानिर्देशक भुसालले सर्भरका कारण सेवाग्राहीलाई कुनै पनि सेवा दिन समस्या भएकाले सिस्टम चलेपछि पहिलो प्राथमिकता टिकट बुक गरेर अन्तिम श्रम स्वीकृति लिन आउनेलाई दिन निर्देशन दिइसकेको जानकारी दिए। अहिलेकै अवस्था रही रहे अन्तिम श्रम स्वीकृतिको काम नभए शनिबार र आइतबार टिकट बुक गरेकाको टिकट रद्द भएमा ठूलो रकम नोक्सानी हुनेछ ।

समस्याको छिटो समाधान खोज्न आग्रह

वैदेशिक रोजगार (म्यानपावर) व्यवसायीले विभागका अनलाइन सिस्टममा समस्या आएका कारण व्यवसायीले अनावश्यक आर्थिक भार खेप्नुपरेको गुनासो गरिरहेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले अन्तिम श्रम स्वीकृति नभएकै कारण धेरै व्यवसायीले लिएका टिकट बिहीबारदेखि रद्द गर्नुपरेकाले छिटोभन्दा छिटो समस्या समाधान गर्न विभागलाई आग्रह गरेको छ ।

विभागले २०२० को जनवरी १ बाट आफ्ना सम्पूर्ण सेवा पूर्ण रूपमा अनलाइन प्रणाली (वैदेशिक रोजगार सूचना प्रणाली)मार्फत शुरू गरेको थियो तर अनलाइन सेवामा पनि पटक–पटक प्राविधिक समस्या देखिँदा सेवा प्रभावित हुँदै आएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x