माघ २४, २०८०
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुखको उम्मेदवार टुंगो लगाउन सकस परिरहेकै बेला नयाँ विकल्पको खोजी शुरू भएको छ ।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सभामुखका लागि नया विकल्पका बारेमा छलफल गर्दै सहमति नजीक पुगेको नेकपा सचिवालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलमा नयाँ विकल्पको खोजी भएको हो । यसैविषयमा विहीबार देखि सघन छलफलमा रहेका अध्यक्षद्धय छिटै सहमतिमा पुग्ने बताइएको छ ।
अहिलेसम्म चर्चा भएका उम्मेदवारको नाममा सहमति नजुटेपछि नेकपा स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र टोपबहादुर रायमाझीमध्ये एकलाई सभामुख उम्मेदवार बनाउने विषयमा छलफल शुरूभएको छ । यद्यपि, शर्मा र रायमाझीको नाममा समेत अहिलेसम्म सहमति जुट्न सकेको छैन ।
नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार अहिलेसम्म चर्चा भएका नाममा सहमति नजुटेपछि नयाँ विकल्पको खोजीमा अध्यक्षद्वय ओली र दाहाल जुटेको बताए । नयाँ विकल्पको खोजीको क्रममा शर्मा र रायमाझीको नाममा छलफल भएको उनले बताए ।
‘सभामुखको उम्मेदवार टुंगो लगाउने विषयमा विभिन्न नाममा छलफल भयो तर सहमति जुटन सकेन,’ नेकपा स्रोतले भन्यो, ‘सहमति नजुटेपछि नयाँ विकल्पको खोजी शुरूभएको छ, अध्यक्षद्वय अहिले छलफलमै हुनुहुन्छ ।’ नेकपाबाट सभामुख उम्मेदवार बन्नका लागि स्थायी कमिटीका सदस्यहरू सुवासचन्द्र नेम्वाङ, अग्नि सापकोटा, पम्पा भुसालले दाबी गरिरहेका छन् । यस्तै, उपसभामुख रहेकी डा. शिवमाया तुम्बाहाङ्फेले पनि आफू सभामुख बन्न लबिङ गरिरहेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख तुम्बाहाङ्फे, ओलीले नेम्वाङ, दाहालले सापकोटा, नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले भुसाललाई सभामुख बनाउनुपर्ने भनेर छलफल अगाडि बढाएका थिए ।
पूर्वसभामुखसमेत रहेका नेकपा संसदीय दलका उपनेता नेम्वाङ र उपसभामुख डा. तुम्बाहाङ्फेको नाममा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाउँदै आएका छन् । नेम्वाङलाई यसअघि पार्टीले पटकपटक राजकीय जिम्मेवारी दिँदै आएको र डा. तुम्बाहाङ्फेले पार्टी निर्णय नमानेकाले दाहाल र नेपालले आपत्ति जनाएका हुन् । नेकपा सचिवालयले उपसभामुखबाट राजीनामा दिन निर्देशन दिए पनि तुम्बाहाङ्फेले मानेकी छैनन् ।
सापकोटाको नाममा ओली सहमत भएका छैनन् । भुसालले एमसीसी सम्झौता र गुठी विधेयकको विरोध गरेकाले उनलाई सभामुख उम्मेदवार बनाउन नसकिएको नेकपा स्रोतको दाबी छ । विगतमा सरकारले अगाडि सारेको गुठी विधेयकका साथै एमसीसी सम्झौताको विरुद्धमा अभिव्यक्ति दिँदै अग्रपंक्तिमा उभिएपछि भुसालको नाममा सहमति जुटन नसकेको बताइएको छ ।
नेकपा सचिवालय बैठकबाट भएको निर्णयानुसार उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन मानेकी छैनन् । उनी नमानेपछि संसद् बैठक पटकपटक सूचना जारी गर्दै स्थगित हँुदै आएको छ । गत ४ पुसदेखि शुरूभएको संसद्को हिउँदे अधिवेशनको बैठक त्यसयता बस्न सकेको छैन । ११, १६ र २७ पुसमा बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । ६ माघमा संसद् बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...