हेटौंडाको क्याम्पाडाँडामा महिलाको शव फेला

हेटौंडा उपमहानगरपालिका–५ स्थित क्याम्पाडाँडाका एक महिलाको शव फेला परेको छ । 

शनिवार बिहान फेला परेको अन्दाजी २४/२५ वर्षको जस्तो देखिने शव नवलपुर घर भएका अजिता भुजेलको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


Advertisement

उनी तेस्रोलिङ्गी हुन् । उनको शव बिहान स्थानीयले देखेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खबर गरेको थियो । 

प्रहरीका अनुसार उनको घाँटीमा नीलो डाम र बत्तीको तार बेरिएको थियो । घटनाको प्रकृति हेर्दा अजिताको हत्या भएको हुनसक्ने अनुमान प्रहरीको छ ।


Advertisement

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्