×

NMB BANK
NIC ASIA

हिउँदे वर्षा हुँदा किसान खुशी

माघ ४, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

लगातारको हिउँदे वर्षाले बालीनाली राम्रो हुने आशले महोत्तरीका किसान हर्षित भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

लगातारको वर्षाले जाडो बढाएर बाटोघाटो हिलाम्य भएपनि फसल (बाली) राम्रो हुने आशले किसानमा खुशी छाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पानी परी रहेपछि जाडो बढाउनसँगै बाटोघाटो हिलाम्य भएर हिँडडुल गर्न त सकस बढेको छ,’ जिल्लाको भङ्गाहा नगरपालिका–४ थारूटोल बनराका ७० वर्षीय किसान रामऔतार सिंह थारूले भने, ‘तर महिनैपिच्छे परेको हिउँदे वर्षाले बालीनाली भने राम्रो फस्टाउने आश छ ।’


Advertisment
Nabil box
Kumari

महोत्तरीसहित मध्यपूर्वी तराईमा मंसिर निगल्दोयता ३ पटक राम्रो वर्षा भएको छ । ‘गहुँ छर्न चिस्यान नभएर छट्पटाइएका बेला मङ्सिर निगल्दो पानी पर्‍यो,’ भङ्गाहा–४ कै रामनगर बस्तीका अर्का किसान बृदेबसिंह दनुवारले भने, ‘त्यसपछि पुस तेस्रो साता र तिलासक्रायत (माघ संक्रान्ति) पर्वलगत्तै यसपालि हिउँदमा ३ पटक पानी परी सक्यो, हिउँदे बालीलाई चाहिँदो चिस्यान भएपछि अब राम्रो उब्जने आश जागेको छ ।’

Vianet communication
Laxmi Bank

यसपालि मंसिर निगल्दो, पुस तेस्रो साता र माघमै राम्रो वर्षा भएपछि दलहन (अरहर, बदाम, मुसुरो र केराउसहितका कोसेबाली), उखु, गहुँ र फलपूmल (आँप, लिची, सपाटो, रूखकटहरसहित) लाई राम्रो चिस्यान भएको किसानको ठहर छ । अनुकूल वर्षाले बालीनाली राम्रो भएपछि अन्य आइपर्ने दुःख सामान्यझैं हुने किसान बताउँछन् । 

महोत्तरीमा करीब ७२ हजार हेक्टर खेतीपातीयोग्य जग्गामध्ये १० प्रतिशतमात्र स्थायी सिँचाइ (कुलो, नहर लाग्ने) जग्गा छ । धेरैजसो जग्गामा आकासेपानीकै भरको खेती गर्नुपर्दा ठीक समयमा परेको पानी किसानलाई अमृत बर्सेजस्तै हुने गरेको गौशाला नगरपालिका–८ का बिल्टु सादामुसहरले बताए ।

मंसिर निगल्दो (अन्तिम साता) यता माघ पहिलो साताभित्र यसपालि ४० दिनभित्र ३ पटक माटो गालेर पानी परेको छ । पछिल्लो पटक शुक्रवार परेको पानीले त कैयौं सडक हिलाम्य भएका छन् । यद्यपि जिल्लाका किसान भने सडक हिलाम्य वर्षाले नभई आफ्नै प्रतिनिधिको लापरवाही र उदासीनताले भएको बताउँछन् ।

‘वर्षा त हाम्रो जीवन हो, यो बिना जीवन चल्दैन,’ औरही नगरपालिकाको चेप्कट बस्तीका पुराना राजनीतिक एंव सामाजिक कार्यकर्ता दुर्गाप्रसाद उपाध्यायले भने, ‘स्थानीय तहका जनप्रतिनिधि बाटोघाटो बनाउन, मर्मत गर्न र पानी बग्ने कुलेसा बनाउन लागेनन् भनेर पानी पर्न त छाड्नु भएन नि !’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x