कांग्रेसमा केन्द्रीय तहदेखि नै एकता आवश्यक : नेता शंकर भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीभित्र केन्द्रीय तहदेखि नै एकता आवश्यक रहेकामा जोड दिएका छन् ।

नेपाली कांग्रेस तनहुँको सुदृढीकरण अभियानअन्तर्गत व्यास नगरपालिका–४ मा शनिवार आयोजित कार्यक्रममा उनले केन्द्रीय तहमा नै नेताहरू एक हुन नसक्दा जिल्लास्तरमा पनि त्यो रोग देखापरेको टिप्पणी गरे ।


Advertisement

‘केन्द्रीय तहबाटै नेताहरुबीच एकताको सन्देश दिन आवश्यक छ,’ भण्डारीले भने, ‘तब मात्र तल्लो तहसम्म कार्यकर्ताबीच सुमधुर सम्बन्ध कायम गर्न सकिन्छ ।’ उनले केन्द्रमा नमिल्ने र तल्लो तहमा मात्रै कार्यकर्तालाई मिल्न दबाब दिनु उचित नभएको जिकिर गरे ।

बहुमत सहितको सरकार रहेको वर्तमान समयमा कांग्रेस कमजोर अवस्थामा रहेकाले पार्टीलाई बलियो बनाउने गरी काम गर्नुपर्नेमा भण्डारीको जोड थियो । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा पार्टीभित्रै मतभेद रहेकाले यसलाई पारित गर्नेबारे अझै पनि छलफल गर्न आवश्यक रहेको भण्डारीले बताए ।


Advertisement

पार्टीका पूर्व सभापति धु्रव वाग्ले, सचिव विश्व बाँस्तोला, व्यास नगर समितिका सभापति शान्तिरमण वाग्ले लगायतले पार्टीको सुदृढीकरण अहिलेको मुख्य आवश्यकता भएकामा जोड दिए । 

नेपाली कांग्रेस तनहुँले जिल्लाका १० स्थानीय तहमा संगठन सुदृढीकरण कार्यक्रमलाई तीव्रता दिएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्