×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेश शनिवारदेखि सहयोगापेक्षी सडक मानवरहित प्रदेश घोषणा भएको छ । 

Muktinath Bank

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहयोगापेक्षी सडक मानवरहित घोषणा गरेका हुन् । उनले पूजा गर्न मन्दिर गई पाप पखाल्नुभन्दा घरमा रहेका आमाबुवाको पूजा गर्न आवश्यक रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी दुनियाँ भरको पाप गर्छौं । बुवाआमाभन्दा उनीहरूले कमाएको सम्पत्तिको माया गर्छौं । विभिन्न अदालतमा आमाबुवामाथि नै अंश मुद्दा दायर गरिएको छ,’ उनले भने, ‘विदेशमा ट्रस्ट खोलिन्छ । छोराछोरीले आमाबुवाको शून्य लगानीमा नै काम शुरू गर्नुपर्छ तर हाम्रोमा भने त्योभन्दा पनि कसैलाई कसरी लुट्न, ठग्न सकिन्छ भन्नेमा मात्रै ध्यान जाने गरेको छ । यसले हामी कसैलाई कही पुर्‍याउँदैन ।’


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री शाहीले हरेक व्यक्तिले जन्म किन भएको हो भन्ने कुरा बुझ्न जरुरी रहेको बताए । ‘सबैभन्दा पहिले हामीले हाम्रो जन्म केका लागि भएको हो बुझ्न जरुरी छ । लुट्न, ठग्न, चोर्न, ढाँट्न, भ्रष्टाचार गर्न अथवा अरुबाट लिनका लागि भएको हो र ?’ उनले भने, ‘हाम्रो जन्म लिनका लागि नभई दिनका लागि हो । सबैले निःस्वार्थ रुपमा दिने कामको शुरूआत गरौं । चोरको, ठगको बीचमा बसेर कर्णालीमा समृद्धि आउँदैन । सही सभ्यता भएको खण्डमा हामी कर्णालीलाई १० वर्षमा कायापलट गर्न सक्छौं ।’

Vianet communication
Laxmi Bank

मुख्यमन्त्री शाहीले थपे, ‘त्यसका लागि सकारात्मक सोचको विकास गरौं । सबैलाई सहयोग गरौं । सबैलाई माया गरौं ।’ मुख्यमन्त्री शाहीले कर्णालीका बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन बालबालिकाले अब सडकमा बस्नुपर्ने दिन अन्त्य भएको बताए । 

‘विगतमा निजी क्षेत्रले आफ्नो क्षमता अनुसार सहयोग गर्दै आइरहेका थिए । अब सरकार पनि सहयोग गर्न आएको छ । यस्ता व्यक्तिका लागि सरकार अघि बढेको छ,’ उनले भने । 

कार्यक्रमको आयोजना वीरेन्द्रनगर नगरपालिका, मानव सेवा आश्रम सुर्खेत, जिल्ला प्रशासन कार्यालय सुर्खेत र सामाजिक विकास मन्त्रालयले गरेको थियो । घोषणा पूर्व मंगलगढी चोकबाट र्‍याली निकाली जिल्ला समन्वय समितिमा गई सभामा रुपान्तरण गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x