×

NMB BANK
NIC ASIA

काठमाडौंमा यातायात सिन्डिकेट कायमै, साँझ परेपछि पाइँदैन सवारीसाधन !

माघ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

साँझ साढे ५ बजेको समय माघे झरी झमझम परिरहेको छ । राजधानीको मुटु पुरानो बसपार्कमा सार्वजनिक यातायात चढ्न जाने यात्रुको लर्को देखिन्थ्यो ।

Muktinath Bank

सपनाको शहर काठमाडौंमा ५ बजेदेखि नै सवारी पाउन मुस्किल हुने अधिकांश यात्रुको गुनासो छ । सार्वजनिक यातायातमा एकाधिकार (सिन्डिकेट) हट्यो भनिएपनि व्यवहारमा यस्तो देखिँदैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार बेलुकी २ घण्टा सवारी कुर्दा नपाएपछि भक्तपुर दुवाकोटका रामप्रसाद न्यौपाने घर जान पाएनन् । निजी व्यापारिक प्रतिष्ठानमा बेलुकी ५ बजेसम्म काम गरेर पुरानो बसपार्क पुगेका न्यौपानेजस्ता हजारौं राजधानी बेलुकी समस्यामा पर्ने गरेका छन् । एकाधिकार हट्यो भनिएपनि झन् सवारी पाउन मुस्किल भएको गुनासो उनीहरूको रहेको छ ।   पानी परेका दिन, बिदाका दिन, राजधानीमा विशिष्ट व्यक्तिको सवारी परेका दिन प्रायः बेलुकी राजधानीमा सवारी पाउन समस्या पर्छ । पहिले बेलुकी निश्चित मार्गका सवारी निश्चित समयसम्म पाइन्थ्यो । 


Advertisment
Nabil box
Kumari

यातायात समिति क्रियाशील रहुञ्जेल बेलुकी साँढे सात बजेसम्म पाइने साँखुमा चल्ने सवारी आजभोलि नियमित छैन । कहिले त ५ बजेपछि साँखु जाने सवारी नपाइने गरेको यात्रु शुक्रमाया श्रेष्ठले बताउनुभयो । साँखुमा पुरानो साँखु बस व्यवसायी संघको एकाधिकार तोडिएपछि हाल बाबा गोकर्णेश्वर नामका यातायात सञ्चालनमा रहेका छन् । 

Vianet communication
Laxmi Bank

यसैगरी राजधानीका आलापोट, गागलफेदी, मूलपानी, सुन्दरीजल, ललितपुर र भक्तपुरका काठ क्षेत्रमा जाने सवारी पनि पाउन मुस्किल हुने गरेको छ । 

दक्षिणकाली, बनेपा, धुलिखेल, पनौतीलगायत स्थान जाने सवारी बेलुका ८ बजेसम्म नै नियमित गुडिरहेका हुन्छन् । सरकारले विक्रम संवत् २०६८ मा रात्रि बस सेवा शुरू गरेको थियो तर त्यो पनि नियमित हुन सकेन । स्थानीय तहमा आफ्नो क्षेत्रमा सार्वजनिक यातायातको व्यवस्थापन गर्न सक्ने अधिकार रहेको छ तर हालसम्म धेरैले केही गरेका छैनन् ।

नेपाल भ्रमण वर्ष शुरू भएको छ । राजधानीकै पर्यटकीय गन्तव्यमा जाने सार्वजनिक यातायात थोत्रा छन् । पानी परेका बेला बसभित्रै पानी छिरेर बस्न नसकिने अवस्थाका सवारी पनि निर्वाध सडकमा गुडिरहेका छन् । कति सवारीमा फुटेका सिसासमेत देख्न सकिन्छ । यसतर्फ अनुगमन भएको देखिदैन । 

रत्नपार्कबाट सुन्दरीजल मार्गमा चल्ने बा३ख १३१७ र बा३ख १७७ नम्बर सिटी यातायातको सवारीमा ५ महिनाभन्दा लामो समयदेखि झ्यालको सिसा नरहेको  यात्रु रामचन्द्र खतिवडाको गुनासो छ । पुस र माघको चिसोमा सिसा नभएको सवारीमा यात्रा गर्नुपर्दा ठण्डीले बिरामी भएर ३ दिनसम्म घरमा आराम गर्नुपरेको उनले सुनाए ।

काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा केही ठूला बस किनेपनि पर्याप्त छैन । यसैगरी दक्षिणकाली र चन्द्रागिरि नगरपालिकाले सार्वजनिक यातायातमा केही लगानी गरेका छन् । नगरपालिकाले ध्यान दिएका स्थानमा सहज रुपमा सवारी पाउने गरेको यात्रुले जनाएका छन् ।  

यातायात व्यवस्था विभागले पहिले सवारी नपाउँदा, बढी भाडा लिँदा, अथवा सार्वजनिक यातायातसम्बन्धी समस्या भएमा सूचना दिन भनी टेलिफोन नम्बर सार्वजनिक गर्ने गरेको थियो । हाल  बन्द गरिँदा गुनासो राख्ने ठाउँ नभेटिएको यात्रु शशीकला राईले बताइन् ।

‘हाल ट्राफिक प्रहरीको १०३, नेपाल प्रहरीको १०० नम्बरमा फोन गरेर सार्वजनिक यातायातका समस्या राखेपनि कुनै कारवाही हुँदैन, गल्ती गर्ने सवारी एउटालाई कारवाही अरु समस्या क्रमशः कम हुँदै जान्छ तर किन हाल प्रहरीले कारवाही गर्न छोडेको छ,’ उनले भनिन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता जीवनकुमार श्रेष्ठ सार्वजनिक यातायातसम्बन्धी गुनासा आउने वित्तिकै समाधान गर्ने गरेको बताउँछन् । महाशाखामा बढी भाडा लिएको, गन्तव्यमा नपुर्‍याएको, सामान छुटेको लगायतका गुनासा धेरै आउने गरेको छ ।

हेलो सरकारमा पनि सार्वजनिक यातायातका गुनासो आउने गरेको टिपोट कर्ता रामहरि न्यौपाने बताउँछन् । बेलुकी उपत्यकाका काठ क्षेत्रमा जाने सवारी पाउन मुस्किल हुने गरेको गुनासो धेरै आउने गरेको उनले बताए । विभागका सूचना अधिकारी तीर्थराज खनालसँग यस विषयमा प्रतिक्रियाका लागि पटक–पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् । – पूर्णप्रसाद मिश्र/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x