आईजीपी खनाल भन्छन्, 'अपराधीले टाउको उठाउने मौका पाउँदैनन्'

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अपराधीले टाउको उठाउने मौका नपाउने बताएका छन्।

तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारमा इलाका प्रहरी कार्यालय भानुको शनिबार भवन शिलान्यास गर्दै महानिरीक्षक खनालले अपराध र अपराधी समृद्ध मुलुक निर्माण अभियानको बाधक भएकाले अपराधीलाई सजाय दिन प्रहरी प्रतिबद्ध रहँदै आएको बताएका हुन्।


Advertisement

समुदाय–प्रहरी साझेदारी अभियानअनुसार प्रहरी अगाडि बढेको र उक्त अभियानले शान्ति सुरक्षा कायम र अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पु-याएको  खनालको भनाइ थियो । विकास निर्माणका लागि सुरक्षा स्थिति सुदृढ बनाउने बताउँदै खनालले भने, 'विकास निर्माण र शान्ति सुरक्षा एक अर्काका पुरक हुन्, विकास निर्माणमा अवरोध हुन दिन्नाैँ।'

 आईजीपी खनालले समाजमा सुरक्षा प्रदान गर्ने प्रहरी आफैँ सुरक्षित हुनुपर्ने भएकाले जीर्ण रहेका प्रहरी कार्यालयको भवन निर्माणलाई तीव्रता दिइएको बताए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्