जुम्लामा निरन्तर हिमपात, ज्येष्ठ नागरिकलाई गाउँपालिकाले दियो कम्बल

निरन्तर हिमपातका कारण अत्यधिक चिसो बढ्न थालेपछि जुम्लाको तिला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ। गाउँपालिकाभित्र रहेका ७० वर्ष नाघेका झण्डै ४ सय ४४ जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको हो। 

तिला गाउँपालिका–२ का ज्येष्ठ नागरिकलाई गाउँपालिकाको कार्यालयमै बोलाएर कम्बल बाँडेको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगबहादुर बस्नेतले जानकारी दिए। हिमपातसँगै बढेको चिसोले यहाँका ज्येष्ठ नागरिक निकै प्रभावित भएपछि न्यानो प्रदान गर्न कम्बल बाँडेको उनले बताए।


Advertisement

सडक छेउछाउमा रहेका बस्ती र दुर्गम क्षेत्रका वडामा सम्बन्धित वडा कार्यालयले कम्बल बाँड्दैछन्। अत्यधिक चिसो भइरहेको बेला गाउँपालिकाले कम्बल वितरण गरेकोमा ज्येष्ठ नागरिक निकै खुशी भएका छन्। उनीहरुले पछिल्लो समयमा स्थानीय सरकारले गरेकोसम्म निकै खुशी भएका छन्। 

गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले दूरदराजको बस्तीमा गाउँमै पुगेर कम्बल बाँड्ने योजना रहेको बताए। पहिलो दिनमा वडा नम्बर २ का ४९ ज्येष्ठ नागरिकलाई कम्बल बाँडिएको हो।


Advertisement

यो कम्बल जुम्लासम्म आइपुग्न भ्याटसहित ६५० मूल्य परेको छ। ज्येष्ठ नागरिकका लागि गाउँपालिकाले तीन लाख विनियोजन गरेको थियो। चिसो मौसमलाई मध्यनजर गर्दै कम्बल वितरण गरेकोप्रति स्थानीयवासी निकै खुशी छन्। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्