संसारकै धनी बेजोसले किरानामा ग्राहकलाई सामान डेलिभरी गरेपछि...

जेफ बेजोस। अर्थात् विश्वकै धनी व्यक्ति। अमेजनका संस्थापक उनले भारतमा एक खर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने घोषणा गरिसकेका छन्।

उनी इन्टरनेटबाट व्यापार गर्न साना, मध्यम र ठूला डिजिटल कम्पनीका लागि आगामी ५ वर्षसम्म लगानी गर्न लागेका हुन्। बेजाेसले सन् २०२५ सम्ममा भारतबाट १० अर्ब डलर बराबरको निर्यात गर्ने प्रतिबद्धता जनाए।


Advertisement

बेजोस भारत भ्रमणमा रहेका बेला अमेजनले दुई दिने मेगा इभेन्टको आयोजना गरेको थियो।

भारतमा रहँदा उनी मुम्बईस्थित विले पार्ले इलाकामा रहेको एक किराना स्टोरमा पुगे। यो स्टोर अमेजनको पिकअप पार्टनर हो।


Advertisement

ग्राहक अमेजनमा अनलाइन अर्डर गर्नसक्छन् । र, स्टोरबाट डेलिभरी हुन्छ। अमेजनका फाउन्डर र सीईओ बेजोसले स्टोरमा आएका ग्राकहलाई आफैँ डिलीभरी दिएका थिए।

उनले शनिबार सामाजिक सञ्जालमा यससम्बन्धी तस्वीर सार्वजनिक गर्दै स्टोर मालिक अमोललाई धन्यवाद दिएका छन्। 

बेजोस र उनकी पत्नी मक्केन्जीबीच सन् २०१९ मा सम्बन्धविच्छेद भउको थियो। सम्बन्धविच्छेद गर्दा उनीहरूबीच ३५ बिलियन अमेरिकी डलर अर्थात् झन्डै ३८ खर्ब नेपाली रुपैयाँ बराबरको लेनदेनको सहमति गरेका थिए। -भारतीय सञ्चारमाध्यमकाे सहयाेगमा

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्