साहित्यले समाजलाई सुधारको बाटोमा लैजान्छ : पूर्वप्रम खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले साहित्यले समालाई सुधारको बाटोमा लैजाने बताएका छन्। 

नोबेल साकोस साहित्य प्रतिष्ठानले आयोजना गरेको कवि दिनानाथ पोखरेलका दुई कविता कृति ‘श्रद्धाञ्जलि’ र ‘मुटुभित्रको माटो’ लोकार्पण गर्दै उहाँले कला, साहित्य क्षेत्रको विकास बिना मुलुकको विकासले गति लिन नसक्ने बताए। 'साहित्य समाजमा हुने राजनीतिक र आर्थिक व्यवस्थाको प्रतिविम्ब हो,' उनले भने,  'साहित्यकारले मुलुकको परिवर्तन र विकासमा पु-याएको योगदान कहिल्यै बिर्सनु हुँदैन ।'


Advertisement

उनले साहित्यकारलाई आफूले प्रकाशन गरेको कृतिलाई देशका उच्च तहमा रहेको व्यक्तिले पाउने गरी वितरण गर्न आग्रह गरे। उनले साहित्यको व्यङ्ग्य र खबरदारीले शासन सत्तामा बस्नेलाई सचेत बनाउने भन्दै रचनात्मक खबरदारीको सधैँ आवश्यकता रहेको औँल्याए। 

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्