×

NMB BANK
NIC ASIA

बिरामी छात्राको नाममा उठाइएको रकम हिनामिना

माघ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एकजना गम्भीर कुपोषणबाट शिकार भएकी छात्राका नाममा उठाइएको अन्दाजी १ लाख ४४ हजार अमेरिकी डलरबराबरको चन्दा सहयोगमध्ये नगन्य परिमाणको रकम मात्र उनको मृत्यु हुनु अघि उनको हातमा परेको खबर सार्वजनिक भएपछि चीनमा व्यापक रूपमा जन आक्रोश फैलिएको छ। 

Sagarmatha Cement
Muktinath Bank

गत महिना कुपोषणकै कारण श्वास फेर्न कठीन भएको समस्याको उपचारका लागि केही समयअघि वु हआयान नामक युवतीलाई अस्पतालमा भर्ना गरिएको थियो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको सहयोगका लागि देशभरिबाट सहयोग रकम संकलन भएको थियो।


Advertisment
Nabil box
Kumari

शरीरको वजन २० किलोग्रामभन्दा अलिकति मात्र बढी भएकी उनी विगत पा“च वर्षदेखि प्रतिदिन एक डलरभन्दा कम रकममा गुजारा गर्दै आइरहेको बुझिएको छ।

Vianet communication
Laxmi Bank

उपचारका क्रममा उनले आफ्ना पिता र हजुरबुबाको पैसा नभएर उपचार गर्न नसकेकाले मृत्यु भएको कहानी सुनाएकी थिइन्।

उनको पनि सोही दुखद् हविगत हुन नदिन सञ्चार माध्यमले उनका लागि सहयोग गर्न सार्वजनिक अपील गरेको थियो। 

चन्दा सहयोगको वर्ष भए पनि सोमबार उनको २४ वर्षको उमेरमा उनको मृत्यु भएको हो। सरकारी अधिकारिक तथ्यांकअनुसार करिब २ हजार ९ सय डलर अस्पताल खर्च मात्र उनका लागि तिरिएको देखिएको छ। 
उनको मृत्युसंगै मानवीय संवेदनाप्रतिका प्रश्नहरू उठ्न थालेका छन्। ४ फिट ५ इन्च उचाईकी हुआयानको पहिलो तस्वीर गत अक्टोबरमा सार्वजनिक भएको थियो। 

मानसिक स्वास्थ समस्यासमेत रहेका उनी र उनका भाइलाई तिनीहरूका काकाकाकीले सहयोग गर्दै आएको बताइएको छ। तर तिनीहरूले यी दिदीभाइका लागि महिनाको ३ सय युआन मात्र सहयोग गर्न सकेका थिए। 

उनको भाइको औषघि खर्च कटाएपछि हुआयानको खानाका लागि दिनको २ युआन मात्र बच्ने गरेको बुझिएको छ। बालबालिकाका लागि चीन दातृसहयोग प्रतिष्ठान (सीसीएएफसी) अन्तर्गतको परियोजना च्यारिटी ९९५८ ले उनको मुटुको शल्यक्रियाका लागि भनेर अर्थ संकलन गरेको थियो। तर शल्यक्रियाका लागि उपयुक्त हुनेगरी उनको शारीरिक वजन बढ्न सकेन।

मृत्यु हु“दा उनको वजन ३० केजीभन्दा कमै रहेको थियो। च्यारिटी ९९५८ लाई उठेको रकमको गलत प्रयोजन गरेको आरोप लगाइएको छ। ९९५८ का पूर्वसदस्य तथा प्रमुख कार्यकर्ता झोंग हेहोंगले चायरिटीले यसरी उठाइने रकम ब्याजमा लगाइने गरेको आरोप लगाएका छन्। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x