
चीनको वुहान शहरमा भाइरल संक्रमण बढिरहेकोमा थप १७ बिरामी भएका छन् । कोरोनाभाइरसका कारण बिरामी परेकामध्ये तीनजनाको स्थिति गम्भीर छ ।
भाइरसका कारण वुहानमा ६२ मानिस आक्रान्त बनेका छन् र तीमध्ये आठजनाको स्थिति गम्भीर छ । १९ जनाको उपचार गरेर अस्पतालबाट छुट्टी दिइएको छ । अन्यको उपचार जारी छ तर एकान्तमा राखिएको छ ।
नयाँ किसिमको कोरोनाभाइरसका कारण दुईजनाको मृत्यु भइरहेको छ । बुधवार ६९ वर्षीय वृद्धलाई संक्रमण भएपछि पल्मोनेरी क्षयरोग भएको छ र अनेकौं अंगमा क्षति पुगेको छ ।
इम्पेरियल कलेज लन्डनको एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्सस डिजिज एनालाइसिसले वुहान शहरमा १७ सय बिरामी रहेको जनाएको छ । सरकारी आँकडाभन्दा निकै माथिको संख्या हो यो ।
अन्य देशमा पनि तीनवटा बिरामीको केस आएको छ– थाइल्यान्डमा दुई र जापानमा एक । भारतले चीनमा खतरनाक भाइरस देखिएपछि त्यहाँ नजान आफ्ना नागरिकलाई चेतावनी जारी गरेको छ । अधिकारीहरूले विमानस्थलमा सुरक्षा र स्वास्थ्य जाँच बढाएका छन् ।
अमेरिकाका स्वास्थ्य अधिकारीहरूले शुक्रवार अपराह्न तीन प्रमुख विमानस्थलमा स्वास्थ्य जाँच शुरू गरेका छन् ।
आरटीबाट