मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
माघ ५, २०७६
लिबियामा सन् २०११ मा गृद्धयुद्ध भई विद्रोही पक्षलाई सहायता पुग्ने गरी नाटोले गरेको बम आक्रमणपछि लामो समय शासन चलाएका मुआम्मार गद्दाफीको शासन ढल्यो । लामो शासनकालमा आफ्नो देशलाई स्थिर बनाएका गद्दाफीलाई पश्चिमी शक्तिहरूले सिध्याएपछि अस्थिर बनेको र लडाइँको चपेटामा परेको लिबियामा शक्तिसंघर्ष जारी छ । अहिले त्यहाँ विभिन्न मुलुकहरूले आफ्नो प्रभाव जमाउने कोशिश गरिरहेका छन् ।
गद्दाफीलाई सत्ताच्युत गराएको चार वर्ष जति पछि संयुक्त राष्ट्रसंघको पहलमा राष्ट्रिय सहमतिको सरकार (जीएनए) गठन गरियो । त्यसको नेतृत्व फायेज अल–सर्राजले गरे । राजधानी त्रिपोलीमा गठित उक्त सरकारले देशका अन्य भागमा नियन्त्रण कायम गर्न भने सकेन ।
यस सरकारलाई चुनौती दिँदै विद्रोही पक्षका नेता जनरल खलिफा हफ्तर र उनका मिलिसियाहरूले सरकारलाई चरम दबाब दिइरहेका छन् । गत अप्रिल महिनादेखि उनले त्रिपोलीमा लगातार आक्रमण गरिरहेका छन् ।
त्यस संघर्षमा परी २८० भन्दा बढी सर्वसाधारण र लगभग दुई हजार लडाकूहरू मारिइसकेका छन् । अनि दशौं हजार मानिस विस्थापित भएका छन् । हफ्तरले देशको अधिकांश भागमा कब्जा जमाएका छन् र विशेषगरी त्यहाँका तेल खानीमा उनको नियन्त्रण छ ।
यसबीच टर्कीका राष्ट्रपति रेचेप तैयिप अर्दोआनले राष्ट्रसंघको समर्थनप्राप्त सरकारलाई सहायता गर्नका लागि सैनिकहरू पठाएका छन् । त्यसमा सिरियाली सैनिकहरू पनि रहेको बीबीसीले लेखेको छ । टर्कीसँग निकट रहेका सिरियाली विद्रोही सैनिकहरू लिबियामा तैनाथ गरिएको बताइएको छ ।
त्यसो त अर्दोआन र सर्राजले गत नोभेम्बर २७ मा एक समझदारीमा हस्ताक्षर समेत गरेका थिए । टर्कीले त्रिपोलीमा भएको सरकारलाई सत्तामा राखिरहन प्रयास गरेर त्यो सरकार टिकिराखेमा त्यहाँ आफ्नो प्रभाव रहने र आफू क्षेत्रीय नेता हुने आकलन गरेको छ ।
त्यसमाथि लिबियामा प्रचुर मात्रामा तेल र ग्यासको खानी छ र यसको सिमाना भूमध्यसागरका महत्त्वपूर्ण व्यापारिक रूटहरूमा छ । गद्दाफीको पतनपछि अस्थिर भएको मुलुकमा प्रभाव जमाउन सके त्यहाँको तेलखानीबाट फाइदा लिन सकिएला भनी विभिन्न मुलुकले र्याल चुहाइरहेका छन् । टर्की पनि त्यही पृष्ठभूमिमा लिबियामा प्रवेश गरेको हो ।
अनि टर्कीका विभिन्न कम्पनीहरू लिबियामा अनेकथरी निर्माण परियोजनामा संलग्न छन् र बेस्सरी पैसा कमाइरहेका छन् । राष्ट्रसंघबाट मान्यताप्राप्त सरकारले टर्कीका कम्पनीहरूलाई मालदार ठेक्का दिइरहेको छ । तर विद्रोही ह्फतरसँग सरकारको संघर्ष चर्किएपछि लिबियामा काम गर्ने टर्कीका कम्पनीहरूलाई घाटा लाग्यो । हफ्तरले जति बढी ठाउँमा कब्जा जमाउँछन्, टर्कीका कम्पनीहरूलाई त्यति घाटा लाग्छ ।
त्यसैले हफ्तरलाई रोक्न अर्दोआनले टर्कीका फौज पठाएका हुन् । अर्दोआनले हफ्तरलाई पाठ पढाउने भनी बयान दिइरहनुका पछाडि पनि आफ्नो फाइदा गुम्न लागेको आक्रोश हो ।
टर्कीले गरेको हस्तक्षेपमा आर्थिक स्वार्थसँगै वैचारिक स्वार्थ पनि जोडिएको छ । विद्रोही हफ्तरलाई साउदी अरब, यूएई र इजिप्टले समर्थन गर्छन् किनकि उनीहरू मुस्लिम ब्रदरहूडलाई देखिसहँदैनन् । उता टर्कीले चाहिँ गद्दाफीलाई पतन गराउने गृहयुद्धमा मुस्लिम ब्रदरहूडसँग निकट रहेका लिबियाली समूहलाई समर्थन गरेको थियो । तर आर्थिक स्वार्थका अगाडि यो वैचारिक स्वार्थ केही हैन । अनि टर्कीको साझेदार मुलुक कतारले पनि सर्राज सरकारलाई समर्थन दिइरहेको छ ।
टर्कीलाई इच्छा पूरा गर्न नदिनका लागि साउदी अरब, इजिप्ट, यूएई, जोर्डन र रुसले विद्रोही हफ्तरलाई साथ दिइरहेका छन् । साउदी, यूएई र जोर्डनले हफ्तरलाई हतियार आपूर्ति समेत गरिरहेका छन् । इजिप्टलाई आफ्नो छिमेकमा रहेको लिबियामा भएको युद्धको बाछिटा आफ्नो मुलुकमा नपरोस् भन्ने चिन्ता रहेकाले त्यहाँ प्रभावशाली रहेको विद्रोहीलाई सहायता गरिरहेको हो । अनि क्षेत्रीय प्रभुत्वकम लागि साउदीसँग संघर्ष गरिरहेको इरान चाहिँ लिबियाको सर्राज सरकारलाई समर्थन गर्छ यद्यपि उसको भूमिका प्रभावशाली छैन ।
उता रुसले राष्ट्रसंघबाट मान्यता नपाएको विद्रोहीलाई समर्थन गर्नुमा उसको स्वार्थ छ । लिबियामा रहेको हाइड्रोकार्बन स्रोतहरू भूमध्यसागरको बाटो हुँदै पाइपलाइनमार्फत युरोप पुर्याइने योजना बनिरहेको रुसलाई मन परेको छैन । उक्त पाइपलाइनको रूटमा टर्की पनि पर्छ । त्यसरी हाइड्रोकार्बन युरोप पुगेमा अहिले रुसमाथि ग्यासका लागि निर्भर रहेको युरोपले अर्को विकल्प फेला पार्छ र आफूलाई गन्न छोड्छ भन्ने पीर रुसलाई परेको छ । टर्की र लिबियाका सरकारले गरेको समझदारीले टर्कीलाई फाइदा हुने पक्का भएपछि रुसले त्यसलाई तोड्नका लागि हफ्तरलाई सहायता गरिरहेको हो । यस लडाइँमा हफ्तर विजयी भएछन् भने टर्कीसँगको समझदारी तोड्नेछन् र आफू माथि परिनेछ भनी रुसले आकलन गरेको छ ।
अनि लिबियामा अमेरिका प्रमुख खेलाडी नभई क्षेत्रीय शक्तिहरू यूएई र इजिप्ट बढी शक्तिशाली छन् भन्ने पनि रुसलाई थाहा छ । त्यसैले रुसले लिबियाको सबभन्दा प्रभावशाली शक्ति आफू बन्ने आकलन गर्दै हफ्तरलाई त्रिपोलीमाथि कब्जा जमाउन र देशका अधिकांश भूभाग कब्जा गर्न सहायता गरिरहेको हो । पश्चिमको तुलनामा आफूलाई लाभदायक स्थितिमा राख्न रुसले गर्ने प्रयास लिबियामा पनि देखिएको हो । त्यसैले रुसले वाग्नर ग्रूपका भाडाका सैनिकहरू लिबियामा पठाएको छ । संख्या बढ्दै गएर अहिले त्यहाँ १५ सय रुसी सैनिक तैनाथ भइसकेका छन् ।
अमेरिकाको उपस्थिति लिबियामा पनि छ । आतंकवादी संगठन इस्लामिक स्टेटका रहलपहल लडाकूहरू लिबियामा रहेको भन्दै तिनलाई प्रभाव विस्तार गर्न नदिन अमेरिकी सैनिकहरू त्यहाँ तैनाथ छन् । ती लडाकूहरू लिबियाको अस्थिरताको फाइदा उठाउन त्यहाँ पुगेका हुन् र अमेरिका तिनीहरूलाई रोक्न चाहन्छ । त्यसो त इस्लामिक स्टेट लिबियामा सक्रिय भएकैले गर्दा पनि युरोपेली मुलुकहरूले त्यहाँ भइरहेको घटनाक्रममा चासो देखाएका हुन् । अनि लिबियामा टर्की र रुसको प्रभाव बढ्न नदिन पनि उनीहरू लागिपरेका हुन् । अझ महत्त्वपूर्ण कुरा त, लिबियाको बाटो हुँदै भूमध्यसागरबाट युरोप पस्न चाहने अफ्रिकी शरणार्थीहरूबाट त्रस्त युुरोप लिबियालाई आफूअनुकूल राख्न चाहन्छ ।
त्यसो त टर्की र रुसले लिबियामा युद्धविरामका लागि प्रयास गरेका पनि हुन् । उनीहरूले गत साता युद्धरत पक्षलाई वार्ताको टेबलमा ल्याएका थिए । तर हफ्तरले उक्त वार्तामा कुनै सहमति नजनाएपछि युद्ध कायम रहेको छ ।
लिबिया संघर्षमा युरोपेली संघ भने विभाजित देखिन्छ । लिबियाका विषयमा इटली र फ्रान्सको मतभिन्नता छ । साम्राज्यवादी कालमा दुवै मुलुकको स्वार्थ लिबियामा बेग्लाबेग्लै थियो । इटलीले त्रिपोली सरकारलाई समर्थन गर्छ भने फ्रान्सले विद्रोही हफ्तरलाई अप्रत्यक्ष समर्थन गर्छ । उनीहरूबीचको संघर्षले गर्दा पनि रुस र टर्कीले लिबियामा प्रभाव जमाउन खोजेको युरोपेली संघका नेताहरूको गुनासो छ ।
लिबियामा संघर्ष नचर्कियोस् भनी जर्मनीले प्रयास गरिरहेको छ । त्यसैले आइतवार बर्लिनमा सबै पक्षलाई समेटेर एउटा सम्मेलनको आयोजना गरिँदैछ । महिनौंअघिदेखि यो सम्मेलनको तयारी चलिरहेको थियो । झन् रुस र टर्कीले लिबियामा प्रत्यक्ष चासो देखाउन थालेपछि जर्मनी र युरोपेली संघ तातिएको हो ।
यस सम्मेलनमा सर्राज र हफ्तरका साथै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओ र टर्कीका राष्ट्रपति अर्दोआन पनि सहभागी हुने बताइएको छ । सम्मेलनमा युरोपेली संघ, अफ्रिकी संघ र अरब लीगका प्रतिनिधिहरू पनि सहभागी हुँदैछन् । बर्लिन सहमतिमा लिबियामा संघर्षरत दुवै पक्षलाई आआफ्ना लडाकूहरूलाई निःशस्त्रीकरण गर्न, अन्तर्राष्ट्रिय शक्तिहरूले दुवै पक्षलाई हतियार आपूर्ति नगर्न र राजनीतिक प्रक्रिया अघि बढाउनका लागि सबै पक्षले प्रतिबद्धता जनाउन एकमत हुने अपेक्षा गरेको छ । सम्मेलनमा संयुक्त राष्ट्रसंघको पनि प्रतिनिधित्व छ ।
यस सम्मेलनमा इटली र फ्रान्सले टर्की र रुसलाई पछि पार्दै लिबियामा आफ्नो प्रभाव बढाउनलाई कोशिश गर्न सक्छन् भनी विश्लेषकहरूले बताएका छन् । तर अहिलेको स्थितिमा चाहिँ टर्की र रुस नै लिबियामा शक्तिशाली रहेको तथ्यलाई नकार्न सकिन्न । सम्मेलनले कुनै सहमति गराउन सकेन भने लिबियाली युद्ध जारी रहनेछ । पश्चिम एसिया र उत्तरी अफ्रिकाको अभिशापका रूपमा रहेको तेलले अझै धेरै जिन्दगी विनाश गर्ने संकेत दिइरहेको छ ।
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...