मंसिर ३, २०८०
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिताअन्तर्गत आइतवार भएको पहिलो खेलमा न्युरोड टीम (एनआरटी)ले सशस्त्र प्रहरी बल (एपीएफ) लाई पराजित गर्दै विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा एनआरटीले विभागीय टोली एपीएफलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । एनआरटीलाई जीत दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले एक-एक गोल गरे ।
एनआरटीका खेलाडी आन्द्रे थेरीले खेलको २४औं मिनेटमा पहिलो गोल गरे । खेलमा एक शून्य गोलको अग्रता बनाएको एनआरटी खेलको ४१औं मिनेटमा एक गोल खान पुग्यो । जसमा एपीएफका आशिष लामाले गोल गरे ।
खेलको पहिलो हाफसम्म एक-एक गोलको बराबरीमा टुङ्गिएको खेल दोस्रो हाफमा भने एनआरटीले दुई गोल थप्दा एपीएफले एक गोल थप्यो । खेलको ५३औं मिनेटमा एपीएफका आशिष लामाले व्यक्तिगत दुई गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए । त्यो दुई एक गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।
एनआरटीका खेलाडी जोर्डन एनडेम्बाले खेलको ८०औं मिनेटमा एक गोल थप्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि एनआरटीका अर्का खेलाडी दर्शन गुरुङले खेलको ८५औँ मिनेटमा एक गोल थपेपछि एनआरटीले एपीएफमाथि ३–२ को जीत हात पार्यो । जीतसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । एनआरटीले सात खेलमा ११ अङ्क जोडेको छ भने एपीएफले समान सात खेलमा पाँच अङ्क जोडेर लिगको १२औँ स्थानमा रहेको छ ।
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...