प्रदेश सभा बैठकमा पहिलोपटक सहभागी भइन् बिमला

प्रदेश ५ को हिउँदे अधिवेशनमा पहिलो बैठकमा नयाँ सदस्यका रूपमा बिमला वली सहभागी भएकी छन् ।

तत्कालीन नेकपा सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित वली संसद्मा पाँचौ अधिवेशनमा पहिलोपटक सहभागी भएकी हुन् । 


Advertisement

गएको मंसिर १८ गते उनलाई सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । प्रदेश सभा उनी गम्भीर मुद्रामा देखिन्थिन् । 

प्रदेशसभामा बोल्ने कांग्रेस सचेतक निर्मला क्षेत्रीले नयाँ सदस्यको रूपमा बिमलालाई बधाई दिँदै सफलताको शुभकामना दिइन् । 


Advertisement

उनले भने सञ्चारकर्मीहरूको प्रतिक्रिया दिन चाहिनन् । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्