हिट फिल्मको खोजीमा शाहरुख, अपोजिटमा करीना !

बलिउड अभिनेता शाहरुख खान पछिल्लो समय हिट फिल्मको खोजीमा छन् । शाहरुखले खेलेका पछिल्ला फिल्मले व्यावसायिक सफलता हासिल गर्न सकेका थिएनन् ।

यतिबेला उनी एकपटक कमब्याकको तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


Advertisement

बताइएअनुसार उनी राजकुमार हिरानी फिल्ममा देखिनेछन्, अपोजिटमा करीना कपूर हुनेछिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार राजकुमार हिरानीको एक फिल्मका लागि शाहरुख खान खेल्न तयार भएका छन् । यद्यपि, फिल्मको आधिकारिक घोषणा भने हुन भएको छैन ।


Advertisement

शाहरुख खानको  पछिल्लो फिल्म 'जिरो' सन् २०१८ मा रिलिज भएको थियो । जसले बक्स अफिसमा कुनै कमाल देखाउन सकेको थिएन ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्