कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
माघ ५, २०७६
२०६३ साल माघ १६ गतेको घटना हो । मधेश जनविद्रोहका क्रममा जनकपुरको विद्यापति चोकबाट जुलुस निस्किएको थियो । उक्त जुलुसमा जनकपुरको संकटमोचन विद्यालयमा कक्षा ९ मा अध्ययनरत एक विद्यार्थी राजेशकुमार ठाकुर पनि सहभागी भएका थिए ।
उक्त जुलुस बस पार्क र बसहिया गाउँ जाने सडकस्थित बसहिया चोकमा आइपुग्दा प्रहरीले अचानक फायर खोलेका थिए । कतिपय मानिस गोली लागेर घाइते भए भने जुलुस तितरबितर बन्यो ।
जुलुसको अग्रपंक्तिमै रहेका राजेशलाई पनि गोली लाग्यो । उनी सडकमै ढले । राजेशलाई आन्दोलनकारीहरूले जनकपुर अञ्चल अस्पतालमा उपचारका लागि पुर्याए ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइयो । धरानमा १२ घण्टाको उपचारपश्चात उनको निधन भयो ।
महोत्तरीको प्रकौली गाउँ विकास समिति वडा नम्बर २ मा बसोबास गर्दै आएका तपेश्वर ठाकुर र कुसुमीदेवीका २ छोरा र १ छोरीमध्ये जेठा छोरा थिए, राजेश ।
गाउँमा खेत, जग्गा जमिन नभएका कारण कामको खोजी गर्दै तपेश्वर जनकपुर आएका थिए । जनकपुरको बसपार्कमै एउटा सैलुन सञ्चालन गरेर आफ्नो परिवारको गुजारा जसोतसो चलाउँदै आएका थिए ।
राजेश पनि बुवासँगै सैलुनमा कपल काट्ने काम गर्नुका साथै पढ्ने काम समेत गर्थे ।
आर्थिकरूपले विपन्न भएका कारण राजेशले बाल्यकालदेखि नै बुवाको काममा सहयोग गर्दै आएका थिए ।
राजेशको निधनपश्चात नेपाल सरकारले उनलाई शहीद घोषणा गर्दै राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराएको थियो । राजेशकी आमा कुसुमीदेवीका अनुसार १० लाख रुपैयाँ राहतको रकममध्ये ५० हजार रुपैयाँ राहत दिलाउने मानिसले नै लिए ।
बाँकी साढे ९ लाख रुपैयाँबाट साढे ५ लाख रुपैयाँमा ५ धुर जग्गामा बनेको घर किने । बाँकी पैसा राजेशको मृत्यु भएको एक वर्षपछि बहिनीको बिहेमा खर्च भयो ।
राजेशको निधन हुँदा उनका कान्छा भाइ वृषेश ठाकुर ६ वर्षका मात्रै थिए । राजेशका बुवाले त्यही सैलुनमा कम गरेर आफ्नो घर परिवारको पालनपोषण गर्दै आएका थिए ।
बसपार्कमा रहेको सैलुनसमेत सडक विस्तारको क्रममा गतवर्ष भत्काउनुपर्यो । गत वर्ष असोज महिनामा नै राजेशका बुवा तपेश्वरको समेत निधन भयो ।
अहिले राजेशका भाइ वृषेशकै काँधमा घर परिवार चलाउने जिम्मेवारी आएको छ । उनी अहिले अर्को सैलुनमा कामदारको रूपमा काम गरिरहेका छन् ।
‘एक दिनमा ३ सयदेखि ५ सय रुपैयाँसम्म आम्दानी गरेर घरमा ल्याउने गरेको छु,’ बृषेशले भने, ‘जसोतसो आमा, श्रीमती र सन्तान समेतको पालनपोषण गर्दै आएको छु ।’
हुन त उनले सैलुनमा काम गर्न मात्र जानेका छैनन् । चारपांग्रे देखि १० पांग्रेसम्म गाडी चलाउन समेत जानेका छन् । केही महिना उनले जनकपुरकै राम आयल स्टोरको पेट्रोलियम ट्यांकर चलाए ।
अहिले ट्यांकर नपाएपछि बाध्य भएर सैलुनमा काम गर्नुपरेको उनले सुनाए ।
गत वर्ष माघ ५ गते बलिदानी दिवसकै अवसरमा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले लहानमा आयोजना गरिएको कार्यक्रममा प्रदेश सरकारले शहीद परिवारका सदस्यलाई सरकारी जागिर दिने प्रतिबद्धता गरेका थिए ।
मुख्यमन्त्री राउतले शहीद परिवारहरूलाई सम्पर्क पत्र समेत दिएका थिए । त्यसपछि बृषेश आफ्नो आमासहित मुख्यमन्त्री कार्यालय पुगेर सरकारी जागिरका लागि भर्नुपर्ने दरखास्त फारम समेत भरेको उनले सुनाए । ‘हालसम्म पनि मुख्यमन्त्रीज्यूले हामीलाई बोलाउनु भएको छैन,’ बृषेशले भने, ‘मैले धेरै पढेको छैन, कार्यालय सहयोगीभन्दा पनि सवारी चालकमा नियुक्ति दिए प्रदेश सरकारप्रति धेरै नै आभारी हुनेथ्यौं ।’
माघ ५ गते प्रत्येक वर्ष बलिदानी दिवस मधेशकेन्द्रित मनाउने गर्छन् । तर शुरू–शुरूका वर्षमा नेताहरूले शहीद परिवारलाई सम्झने गरेको भएपनि पछिल्लो केही वर्षदेखि भने कुनैपनि खोजखबर नलिने गरेको शहीद राजेशकी आमा कुसुमीदेवीले बताइन् ।
यसपटक माघ ५ गते वीरगञ्जमा बलिदानी दिवस प्रदेश सरकारले मनाउने गरेको कुरा सुनेको भए पनि त्यसमा सहभागिताका लागि प्रदेश सरकारबाट कुनै जानकारी समेत नदिएको उनले सुनाइन् ।
‘धेरै पहिले खबर त गर्थे नेताहरूले सहभागिताका लागि तर त्यसमा पनि हामी आफैं व्यवस्था गरेर पुग्थ्यौं,’ उनले भनिन्, ‘हामी आफ्नै गाडी भाडा तिरेर जाने गर्थ्यौं । हाम्रो छोराजस्तै सयौं सपुतहरूले शहादत दिएर अहिले प्रदेश सरकारमा ती नेताहरू पुगेका छन्, तर कहिल्यै पनि खोजखबर भने लिएका छैनन् ।’
प्रदेश सरकारले शहीद परिवारहरूलाई जीविकोपार्जनका लागि सहज होस् भन्ने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दूधालु भैंसी तथा दूधालु गाई उपहारमा दिएको छ । तर, धनुषाका शहीद परिवारले भने त्यो भैंसी पनि पाउन सकेका छैनन् । ‘मैले भैंसीका लागि फारम समेत भरेको थिएँ,’ कुसुमीदेवीले भनिन्, ‘तर मलाई प्रदेश सरकारले भैंसी नै दिएन ।’
२०६३ मधेश जनविद्रोहलगत्तै त्यतिबेला नै उपेन्द्र यादवले शहीद राजेशका आमाबुवालाई जनकपुरकै रामा होटेलमा भेटेर परिवारको सबै जिम्मेवारी आफूहरूले उठाउने भनेर भरोसा दिएका थिए । तर, त्यसपछि आजसम्म कहिल्यै पनि उपेन्द्र यादवले भेट नगरेको उनको गुनासो छ । के गर्दैछन्, कसरी बाँचिरहेका छन् वा छैनन्, घर परिवारको अवस्था कस्तो छ भन्ने कुराको सोधखोज कसैले पनि गरेका छैनन्, उनले भनिन् ।
शहीद राजेशको घर परिवारको व्यथा एउटा उदाहरण मात्रै हो । मधेश जनविद्रोहदेखि हरेक मधेश आन्दोलनका शहीददेखि घाइते भएका परिवारहरूको खोजखबर न त नेपाल सरकार वा प्रदेश सरकारले गरेको छ न त जुन पार्टीको झण्डा बोकेर आन्दोलनमा बलिदानी दिए ती राजनीतिक दलहरूले नै गरेका छन् । शहीद परिवार तथा घाइते परिवारलाई उपेक्षा नै गरिएको उनीहरू बताउँछन् ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...