सानिमा बैंकका ग्राहकलाई ग्रान्डी अस्पतालमा छूट

सानिमा बैंक लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्झौता भएको छ । 
उक्त सम्झौताबमोजिम सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रूपमा भुक्तानीका साथै अस्पतालका विभिन्न सेवा सुविधाहरूमा ७.५ % सम्म छूट प्राप्त गर्न सक्नेछन् । 
उक्त सम्झौता पत्रमा सानिमा बैंककातर्फबाट प्रमुख निक्षेप अधिकृत बबिसिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरे ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौंको टोखामा अवस्थित स्वास्थ्य उपचारसम्बन्धी उच्चस्तरीय सेवा दिने संस्था हो ।
 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्