×

NMB BANK
NIC ASIA

सेनाले भन्यो-अन्तर्राष्ट्रियस्तरको विष्फोटक पदार्थ छ, ढुक्क हुनुस् शंका नगर्नुस्

माघ ५, २०७६

NTC
Sarbottam
File Photo
Premier Steels
Marvel

नेपाली सेनाले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ (ईमल्सन) को गुणस्तर र नियमित आपूर्तिमा कुनै आशङ्का नगर्न पूर्वाधार आयोजना निर्माणकर्तालाई आग्रह गरेको छ। सेनाको सुनाचुरी ईमल्सन प्लान्टबाट उत्पादित विस्फोटक पदार्थको गुणस्तर र नियमित आपूर्तिमा शङ्का नगरी ढुक्क भएर प्रयोग गर्न आयोजना निर्माणकर्तालाई सैनिक सामग्री उत्पादन निर्देशनालयका निर्देशक सहायकरथी हेगेन्द्रलाल महर्जनले  विश्वास दिलाए।

Sagarmatha Cement
Muktinath Bank

आयोजना निर्माणकर्तालाई मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सुनाचुरी ईमल्सन प्लान्टको निरीक्षण र त्यसबाट उत्पादित विष्फोटक पदार्थको काठमाडौँ–तराई मधेश द्रूतमार्गमा आज गुणस्तर परीक्षण पुष्टि गराउँदै सेनाले नियमित आपूर्ति र सुपथ मूल्यमा उपलब्ध हुनेमा पनि निश्चिन्त रहन सुझाव दिएको छ। उक्त प्लान्टमा यसै आर्थिक वर्षमा जडित नयाँ ईमल्सन प्लान्टको वार्षिक उत्पादन क्षमता दुई हजार ४०० भए पनि आवश्यकताअनुसार दोब्बरसम्म उत्पादन बढाउन सकिने जनाउँदै सेनाले आपूर्तिमा पनि कुनै समस्या आउन नदिने प्रतिबद्धता जाहेर गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त ईमल्सन प्लाण्टका लागि चाहिने कच्चा पदार्थ दुवै छिमेकी मुलुकबाट आयात गर्दै आएको छ । उक्त प्लान्टबाट उत्पादित विष्फोटक पदार्थ प्रतिकिलो १९८ मूल्य हाल कामय गरिएकोमा त्यसलाई कसरी मूल्य घटाउन सकिन्छ भन्ने बारेमा सैनिक मुख्यालयले गृहकार्य गरिरहेको छ । सेनाले विष्फोटक पदार्थको मूल्यमा सन्तुलन ल्याउन र नियमित आपूर्तिका लागि उत्पादनकर्ता कम्पनीसँगै सम्झौता गर्ने तयारी गरेको छ । 


Advertisment
Nabil box
Kumari

गत भदौको अन्तिम साताबाट सञ्चालनमा आएको उक्त नयाँ प्लान्टबाट हालसम्म १९४ मेट्रिक टन विष्फोटक पदार्थ उत्पादन भइसकेको छ । उत्पादित सामग्रीमध्ये हाल ४२ मेट्रिक टन मौज्दात रहेको सो अवसरमा जानकारी दिइयो । नयाँ प्लान्टबाट उत्पादित विष्फोटक पदार्थ एक वर्षसम्म प्रयोग गर्न सकिने छ । कारखानामा हाल एक हजार २०० मेट्रिक टन कच्चा पदार्थ मौज्दात छ । पछिल्लो समय माग धेरै बढेकाले उत्पादन स्टक धेरै राख्नु नपरेको जानकारी दिइयो ।

Vianet communication
Laxmi Bank

 विकास आयोजनालाई विस्फोटक पदार्थ ढुवानी सहज होस् भन्ने हेतुले सेनाले क्षेत्रगतरूपमा मुलुकका तीन स्थानमा २०० मेट्रिक टन क्षमताको डिपोमा भण्डारणको व्यवस्था गर्न लागिएको बताएको छ । पूर्वाधार निर्माण आयोजनाबाट आउन सक्ने मागलाई ध्यानमा राखेर सेनाले  ७०० मेट्रिक टन विष्फोटक कच्चा पदार्थका लागि एलसी खोलिसकेको छ । 

म्याग्दीस्थित ३८ मेघावाट क्षमताको निलगिरि एक विद्युत् आयोजनाका निर्माणकर्ता बलराम खतिवडाले यस वर्षदेखि ठूला जलविद्युत् परियोजना शुरु हुने भएकाले विष्फोटक पदार्थको मागलाई सम्बोधन गर्न सेनाका लागि चुनौती हुनसक्ने प्रतिक्रिया दिए। उनले भने, 'नेपाली सेनाले उपलब्ध गराउने भनेको विष्फोटक पदार्थ गुणस्तरीय, सहुलियत मूल्य र आपूर्तिमा निरन्तता हुन्छ कि हुन्न भन्ने प्रश्न हो, त्यो भएको खण्डमा हामीलाई लिन करै लाग्ने छ ।'

आयोजना लगानीकर्ताले हाल भारतबाट विष्फोटक पदार्थ खरिद गर्दा भन्सार मूल्य जोडेर प्रतिकिलो १३२ रुपैयाँमा भन्सार विन्दुमा प्राप्त गरिरहेको हुँदा तुलनात्मक रूपमा सेनाको उत्पादन महँगो भएको प्रतिक्रिया दिएका छन्। सेनाले भने विष्फोटक पदार्थ व्यापार गर्ने र नाफा कमाउने उद्देश्यले नभई विकास आयोजना सञ्चालनकर्तालाई सहयोग पु¥याउने हेतुले प्लान्ट सञ्चालन गरेको हुँदा गुणस्तर कायम, आपूर्ति सुनिश्चित र मूूल्यमा सन्तुलन कायम गर्नेमा विशेष ध्यान पु¥याउने अठोट व्यक्त गरेको छ ।

यसअघि सोही स्थानमा सञ्चालनमा रहेको पुरानो प्लान्टबाट वार्षिकरूपमा २०० मेट्रिक टन विष्फोटन पदार्थ उत्पादन हुँदै आएको छ । त्यसबाट उत्पादित सामग्रीको म्याद छ महिना रहेको थियो । सेनाले भनेको छ, 'नयाँ प्लान्टको उत्पादन गुणस्तर अन्तर्राष्ट्रियस्तको छ, मागअनुसार उपलब्ध गराउने क्षमता वृद्धि गर्नेछौँ, आवश्यक परेमा मेसिन थप्नेछाैँ।'- नारायण न्यौपाने/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x