कास्की प्रहरीको भवन बन्दै, मेयर र आईजीपीले गरे शिलान्यास

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदाम परिसरभित्र निर्माण हुने भवनको आइतबार शिलान्यास गरिएको छ।  

वडा प्रहरी कार्यालय वैदाम पोखरामा निर्माण हुने भवनको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले संयुक्त रुपमा शिलान्यास गरे । त्यस्तै, जिल्ला प्रहरी कार्यालय कास्कीको भवनको आइजीपी खनालले शिलान्यास गरे।


Advertisement

नेपाल प्रहरीका भौतिक संरचनाहरुलाई व्यवस्थित एवम् सुविधा सम्पन्न बनाई जनमुखी प्रहरी सेवा प्रवाहमा थप सहजता प्रदान गर्न नेपाल प्रहरीको नियमित बजेटबाट उक्त भवनहरु निर्माण गर्न लागिएको प्रहरीले जनाएको छ। 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्