×

NMB BANK
NIC ASIA

बेल्जियमकी राजकुमारीले भनिन्, ‘क्षयरोग र कुष्ठरोग न्यूनीकरणको प्रगति हेर्न आएकी हुँ'

माघ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल भ्रमणमा आएकी बेल्जियमका राजकुमारी अस्ट्रिडले  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेकी छन्। भेटवार्तामा राजकुमारी अस्ट्रिडले आफू नेपालमा क्षयरोग र कुष्ठरोग न्यूनीकरण अभियानमा भएका प्रगति हेर्न आएको उल्लेख गर्दै भ्रमण वर्ष सफलताको शुभकामनासमेत दिइन्।

Muktinath Bank

राजकुमारी अस्ट्रिड बेल्जियमका राजा फिलिपीका बहिनी हुन् । उनलाई आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। 
 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र राजकुमारी अस्ट्रिडबीच पनि भेट भएको छ। भेटमा  क्षयरोग र कुष्ठरोग नियन्त्रणका विषयमा छलफल भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेटवार्तापछि आयोजित स्वागत समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेशकुमार भट्टराई र उच्चअधिकारीले राजकुमारी अस्ट्रिडलाई स्वागत गरेका थिए।


Advertisment
Nabil box
Kumari

भ्रमणका अवसरमा राजकुमारी अस्ट्रिडले भ्रमणका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि अलगअलग भेटवार्ता गर्ने कार्यक्रम छ। राजकुमारी अस्ट्रिडले कैलाली, नवलपरासी र चितवनमा जारी रहेका क्षयरोग र कुष्ठरोग निवारण केन्द्रहरुको भवन उद्घाटन तथा ती क्षेत्रको अवलोकन पनि गर्नुहुने परराष्ट्र मन्त्राललयले जनाएको छ। उनले त्यहाँस्थित कुष्ठरोगी र क्षयरोगीबाट प्रभावितहरुलाई समेत भेट्नुुहुनेछ भने उहाँले नवलपरासीस्थित प्रदेश स्रोत केन्द्र रहेको मिडपोइन्ट अस्पतालको पनि भ्रमण गर्नेछिन् ।

Vianet communication
Laxmi Bank

ती केन्द्र र सेवाहरुमा बेल्जियमस्थित गैह्रसरकारी संस्था ‘दामियन फाउण्डेशन’ को सहयोग हुँदै आएको छ । राजकुमारी अस्ट्रिड ‘ओटाबा कन्भेन्सन’अन्तर्गत बारुदी सुरुङविरुद्धको अभियानका लागि विदेश दूत पनि हुन्।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x