गण्डकी प्रदेशसभामा वातावरण विधेयक पेश

गण्डकी प्रदेश सरकारले वातावरण संरक्षण गर्न बनेको विधेयक २०७६ प्रदेशसभाको आजको बैठकमा पेश गरेको छ। उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशसभाको बैठकमा प्रदेश सरकारको तर्फबाट सो विधेयक पेश गरेका हुन्।

प्रदेशभित्रको वातावरण स्वच्छ, सफा र संरक्षण गर्ने लक्ष्यका साथ मन्त्रिपरिषद् बैठकले तयार गरेको सो विधेयक  प्रदेशसभामा पेश गर्ने निर्णय गरेको थियो । विधेयक पेश गर्नुअघि बैठकको शून्य समयमा प्रदेशसभा सदस्यहरु दीपक कोइराला, हरिशरण आचार्य, मणिभद्र शर्मा, भागवतप्रकाश मल्ल, चिन्ताबहादुर घले, कुष्णबहादुर थापा, राजिव पहारीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।


Advertisement

त्यसैगरी बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले यसअघिका बैठकमा भएका शून्य तथा विशेष समयमा सभासदस्यले उठाएका विभिन्न विषयहरुको जवाफ दिँदै समृद्धि र विकासका लागि सबैको सहयोग हुनुपर्ने आवश्यकता औँल्याए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्