×

NMB BANK
NIC ASIA

नेकपामा नयाँ समिकरण : अग्निलाई सभामुख, शिवमायालाई मन्त्री पद

माघ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सभामुख पद रिक्त रहेको साढे तीन महिनापछि नेकपाले स्थायी समिति सदस्य अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार राति अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको निर्णायक संवादपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले सापकोटालाई सर्वसम्मत सभामुख उम्मेदवार बनाउने निर्णय गरेको हो । 

Muktinath Bank

ओली र प्रचण्डबीच आइतबार बिहान पनि करिब डेढ घन्टा छलफल भएको थियो । ‘अध्यक्षद्वयको संयुक्त प्रस्तावमा सचिवालय बैठकबाट सापकोटालाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय भएको छ,’ बैठकपछि महासचिव विष्णु पौडेलले भने, ‘अब पार्टीका तर्फबाट सभामुखमा उम्मेदवारी दर्ताका लागि उपसभामुखलाई राजीनामा गर्नुहोस् भन्ने हाम्रो आग्रह छ । र, उहाँले राजीनामा गर्नुहुनेछ भन्ने अपेक्षा छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा स्रोतका अनुसार सचिवालय बैठकको सुरुवातमै ओलीले ‘हामीले सभामुखको टुंगो लगाएका छौँ, तपाईंहरूको धारणा बुझ्न र निर्णय गर्न बैठक बोलाएका हौँ’ भनेका थिए । त्यसपछि अर्का अध्यक्ष प्रचण्डले ‘अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने हामी दुई अध्यक्षबीच सहमति बनेको छ । यसमा तपाईंहरूको सुझाब के छ ?’ भनेर प्रस्ताव अगाडि बढाएका थिए । लगत्तै, अरू नेताहरूले ‘तपाईंहरूको सहमतिमा प्रस्ताव आएको भए हाम्रो समर्थन छ’ भनेका थिए । 


Advertisment
Nabil box
Kumari

यसअघि सापकोटाको नाम टुंगो लगाएर बालुवाटारबाट आफ्नो निवास खुमलटार फर्किने क्रममा प्रचण्डले कोटेश्वरमा वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर सहमतिबारे जानकारी गराएका थिए । पार्टी एकीकरणअघिको भागबन्डाअनुसार नै सभामुख पूर्वमाओवादी समूहले पाउनुपर्ने विषयमा प्रचण्डलाई नेपालले पनि साथ दिँदै आएका थिए ।

Vianet communication
Laxmi Bank

पछिल्लोपटक २३ पुसमा वामदेव गौतमनिवास भैँसेपाटीमा प्रचण्डसहितको उपस्थितिमा भएको भेलापछि ओली दबाबमा परेका थिए । भेलाले सभामुखमा पूर्वमाओवादी समूहको दाबीलाई जायज ठह-याएपछि समीक्षाका लागि प्रधानमन्त्री ओलीले निकटस्थ नेताहरूलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए । निर्णय प्रक्रियामा जाँदा अल्पमत–बहुमतको अवस्था आउन सक्ने आकलन गर्दै अन्ततः ओली प्रचण्डको अडानमा सहमत भएको स्रोतको भनाइ छ । 

ओली र प्रचण्ड दुवैले निकट विश्वासपात्र नेतालाई सभामुख बनाउनुपर्ने अडान राख्दै आएका थिए । अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्को हिउँदे अधिवेशनबाट पारित गराउनुपर्ने र विपक्षीहरूको आक्रामक प्रस्तुतिलाई पनि झेल्ने पात्र खोजी गरिरहेका ओली अनुकूल व्यक्तिलाई सभामुख बनाउने योजनामा थिए । ओलीको पहिलो रोजाइमा अनुभवी सुवास नेम्वाङ थिए । तर, प्रचण्डले आफूमाथि चर्को दबाब रहेको र पूर्वभागबन्डाका आधारमा पूर्वमाओवादी समूहले नै सभामुख पाउनुपर्ने अडान राखेका थिए । उनको अडानलाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालसँगै सचिवालय सदस्य वामदेव गौतमले पनि समर्थन गर्दै आएका थिए । 

पछिल्लो निर्णायक छलफलमा प्रचण्डले ओलीका मुख्य दुई चासो सम्बोधन गर्न  आश्वस्त पार्दै सापकोटालाई सभामुखमा निर्णय गराउन मनाएको नेकपा उच्च स्रोतले जनाएको छ । नेकपाले उम्मेदवारी टुंग्याएसँगै सोमबार डाकिएको प्रतिनिधिसभा बैठकबाटै सभामुख निर्वाचन प्रक्रिया अघि बढ्ने सम्भावना बढेको छ । सोमबार बिहान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले संसद् सचिवालयमा राजीनामा दर्ता गराएमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने बैठकले निर्वाचन प्रक्रिया अघि बढाउनेछ । सोमबार नै कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद् बैठक सञ्चालन र कार्यसूचीबारे निर्णय गर्नेछ । नेकपामा सभामुखबारे सहमति नजुट्दा प्रतिनिधिसभा बैठक तीनपटक सूचना टाँसेर स्थगित भएको थियो । 

उपसभामुखको व्यवस्थापन गर्न ओली–प्रचण्ड सकारात्मक
पार्टी निर्णय कार्यान्वयनका लागि सोमबार बिहानसम्म राजीनामा दिएमा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको उचित व्यवस्थापनका लागि अध्यक्ष ओली र प्रचण्ड सकारात्मक देखिएका छन् । उनलाई सहरी विकास वा कानुन मन्त्रालयको जिम्मेवारी दिन दुवै अध्यक्ष तयार रहेको नेकपा स्रोतले जनाएको छ । महासचिव पौडेलले नयाँ पत्रिकासँग भने, ‘उहाँको व्यवस्थापन त कुनै ठूलो कुरै होइन, राजीनामा गर्नुहोस् भन्ने हाम्रो आग्रह र अपेक्षा मात्र हो ।’ प्रचण्डसँग सहमतिलगत्तै ओलीले बालुवाटार बोलाएर उपसभामुख डा. तुम्बाहाङ्फेलाई राजीनामाका लागि आग्रह गरेका थिए । तर, उपसभामुख तुम्बाहाङ्फेले भने आफूलाई निर्णय चित्त नबुझेको भन्दै सभामुखमा बढुवा नगर्नु र राजीनामा गर्नुपर्ने लिखित कारण चाहिने पुरानै अडान दोहोर्‍याएको उनीनिकट स्रोतले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x