×

NMB BANK
NIC ASIA

देउडामा उदाउँदै रेखा जोशी

माघ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

‘कामप्रतिको लगाव र परिश्रमले जुनसुकै क्षेत्रमा  सफल भइन्छ’ भन्ने उदाहरण युवा देउडा गायिका रेखा जोशी बनेकी छन् । पछिल्लो समय उनले आफूलाई सुदूरपश्चिमको देउडा क्षेत्रमा अब्बल सावित गराउन सफल भएकी छन् ।
५ वर्षअघि मात्रै देउडा गायन क्षेत्रमा उनी प्रवेश गरेकी हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखाल निवासी उनलाई कर्णप्रिय देउडा गीत सुन्न रुचाउने श्रोताले औधि मन पराउँछन् ।

Muktinath Bank

उनी सुदूरपश्चिमका देउडा पारखीको मनमनमा पस्न सफल भएकी छन् । उनले ५ वर्षको अवधिमा ७०० भन्दा बढी देउडा, लोक तथा सुदूरपश्चिमको ठाँडी भाकामा स्वर दिइसकेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले विक्रम संवत् २०७१ सालमा ‘घुटुक्क बाडुली लाग्या’ बोलको गीतमा पहिलोपटक स्वर दिएकी थिइन् । यसपछि देउडा गीत बजारमा आउने क्रम रोकिएको छैन । ‘३ वर्षअघि बजारमा आएको ‘मैना’ एल्बमले सुदूरपश्चिमको देउडा क्षेत्रमा मलाई परिचित गरायो,’ उनले भनिन्, ‘मैना गीत युटुबमा समेत २६ लाखभन्दा बढीले हेरे ।’


Advertisment
Nabil box
Kumari

उनी काठमाडौंको शंकरदेव क्याम्पसमा स्नाकोत्तर तहको अध्ययन गायिका जोशी यतिबेला सुदूर र कर्णाली प्रदेशका भइरहेका मेला महोत्सवको  कार्यक्रममा व्यस्त रहेका छन् ।

Vianet communication
Laxmi Bank

‘देउडाले पनि सुदूरपश्चिमलाई मुलुकभर चिनाएको छ,’ उनले भनिन्, ‘विदेशमा पनि नेपाली देउडा भन्नासाथ हुरुक्कै हुन्छन् ।’ प्रदेशको पीडा, सुदूरपश्चिमको कला, संस्कृतिलाई संरक्षण एवं सम्वद्र्धनमा समेत देउडा गीत सहयोग बन्दै आएको र आफू सुदूरपश्चिमका पर्यटकीय स्थलको समेत सांगीतिक यात्रामार्फत प्रचारप्रसारमा जुटिरहेको उनले बताइन् ।

‘भारतको दिल्ली, बैंग्लोर, मुम्बैदेखि कतार, दुबई, कोरियासम्म देउडा गायनका क्रममा पुगेकी छु,’ उनले भनिन्, ‘गायनबाट अध्ययनलाई प्रभावित हुन दिएको छैन ।’ हाल सुदूरपश्चिम प्रदेशको लोकदोहरी प्रतिष्ठानको सदस्यसमेत रहेकी गायिका जोशीले आफू स्कूले समयदेखि नै गायनमा बुबाआमासँगै लागेको बताइन् ।

‘बुवा र आमा पनि देउडा गीत राम्रै गाउनुहुन्थ्यो,’ उनले भनिन्, ‘दुवै दाजुहरूले पनि गायनका क्रममा स्टुडियो पुर्‍याउनसम्म ठूलो सहयोग गरे ।’ करीब ३ वर्ष महेन्द्रनगरको स्थानीय रेडियोमा कामसमेत गरेकी जोशीलाई विगत केही वर्षयता हरेक सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा स्थान दिँदै आइएको छ ।

'बैंकिङ क्षेत्रमा जाने ठूलो चाहना थियो,’ उनले भनिन्, ‘देउडा यहाँको संस्कृति भएकाले पनि हामी युवा पुस्ता यसको जगेर्नामा लाग्नुपर्छ ।’

पछिल्लो समय देउडा गायन क्षेत्रमा निकै सक्रिय र व्यस्त रहेकी जोशीले लोप हुन लागेको देउडामा नयाँ क्रेज थपिएको बताइन् । ‘युवापुस्ता पनि देउडामा नयाँपन ल्याउँदा झम्मिरहेको देख्छु,’ उनले भनिन्, ‘गायनबाटै सम्मान र दामसमेत पाएकै छु ।’

पछिल्लो समय युवापुस्तामाझ निकै लोकप्रिय बनेका देउडा गायक लालबहादुर धामी (अछामी बड्डो) गायिका रेखा जोशी छोटो समयमै सफल कलाकारका रुपमा लिन्छन् । ‘देउडामा थोरै समयमा रेखाले राम्रो प्रगति गरिँन,’ उनले भने, ‘रेखालाई यहाँका अग्रजको पनि साथ र सहयोग छ ।’ – शेरबहादुर सिंह/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x