×

NMB BANK
NIC ASIA

तनहुँमा औषधि अभाव, बिरामी रित्तो हात घर फर्किंदै

माघ ६, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधिको अभाव भएको छ ।

Muktinath Bank

केन्द्रमा सामान्य औषधि नहुँदा उपचारमा आउने बिरामी रित्तो हात फर्कन बाध्य भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ मानिसको आकर्षण बढ्दै गएको छ । सो केन्द्रमा भने स्वास्थ्य परीक्षण गर्नुबाहेक अन्य सुविधा नपाउँदा बिरामी निराश हुँदै फर्कने गरेको कार्यालयका वरिष्ठ कविराज निरीक्षक एवं सूचना अधिकारी बलभद्र वाग्लेले बताए । आर्थिक वर्ष ०७५/७६ अगाडिदेखि नै औषधि अभाव थियो ।


Advertisment
Nabil box
Kumari

‘गण्डकी प्रदेश सरकारलाई पटक–पटक जानकारी गराउँदा पनि औषधिको व्यवस्था हुन सकेको छैन,’ उनले भने ।

Vianet communication
Laxmi Bank

केही दिनअघि सम्पर्क गरी यस विषयमा बुझ्दा प्रदेश सरकारबाट टेन्डर भएर औषधि दाखिला प्रक्रियामा रहेको जानकारी दिइयो । केही दिनमै औषधिको व्यवस्था हुने आश्वासन पाएको उनले जानकारी दिए । निःशुल्क रुपमा स्वास्थ्य सुविधा पाउँदै आएका सेवाग्राहीले स्वास्थ्य परीक्षणपश्चात् बाहिरका आयुर्वेदिक पसलमा गएर औषधि किन्नुपरेको छ । 

आफू सरुवा भएर आएको डेढ महिनाको अवधिमा बिरामीको संख्या शून्य रहेको कार्यालय प्रमुख डा. रामप्रबोध मण्डलले जानकारी दिए । कार्यालयबाट प्रदान गरिने सेवासुविधा नभएपछि बिरामीको आकर्षण घटेको रहेछ । उनले भने, ‘बिरामीको संख्या कम्तीमा ५० पुर्‍याउने लक्ष्य लिएर काम गर्दा हाल दैनिक ४० देखि ४५ बिरामी उपचारको लागि आउने गरेका छन् ।’

उपचारमा आउने बिरामीलाई पञ्चकर्म विधि (औषधिको बाफ लगाएर दुखेको ठाउँमा सेक ताप गरिने विधि) थालिएसँगै बिरामीको आकर्षण बढ्न थालेको उनले दाबी गरे । उनले स्रोतसाधनको कमीका कारण सोचेअनुरुप सेवा दिन नसके पनि कार्यालयमा योगाभ्यास गराउने, चिन्तासहित समाज बनाउन सोही किसिमको परामर्श सेवा दिने गरेको डा. मण्डलले बताए । विभिन्न सफल विधिबाट उपचार थालिएको सो केन्द्रले छ । 

स्वास्थ्य केन्द्रमा अम्लपित्त, स्त्रीरोग, नसा, छाला, पायल्सलगायत समस्याका बिरामी बढी मात्रामा आउने गरेका छन् । प्रदेश सरकारले शल्यक्रिया कक्ष र व्यवस्थापन शीर्षकमा विनियोजन गरेको रु नौ लाखबाट सामान खरिद गरी व्यवस्थापन गरिए पनि प्राविधिक जनशक्ति अभावमा सञ्चालनमा ल्याउन नसकिएको डा. मण्डलले जानकारी दिए । सबै क्षेत्रको साथ र सहयोग पाएमा  यसलाई गण्डकी प्रदेशकै नमूना आयुर्वेद स्वास्थ्य केन्द्र बनाउने योजना रहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x