×

NMB BANK
NIC ASIA

एकै व्यक्तिले गरे पहिला छोरीसँग अनि पछि आमासँग बिहे !

माघ ६, २०७६

NTC
Sarbottam
लाउरेन
Premier Steels
Marvel

लन्डनको ट्विकेनह्याममा बस्ने लाउरेन वालकी आमाले लाउरेनका पूर्वपतिसँग बिहे गरेको अनौठो घटना सार्वजनिक भएको छ । 

Muktinath Bank

लाउरेन अहिले ३४ वर्षकी भइन् र १९ वर्षकी हुँदा उनले विमानस्थलमा काम गर्ने पल ह्वाइटसँग विवाह गरेकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आमा जुलीले छोरीको विवाह समारोहका लागि १५ हजार पाउन्ड खर्च गरेकी थिइन् । त्यसपछि लाउरेनले आमालाई पनि हनीमूनमा लगेकी थिइन् । 


Advertisment
Nabil box
Kumari

त्यसको आठ हप्तापछि पलले विवाह तोडे अनि नौ महिनापछि आमा जुलीले पलबाट बच्चा जन्माइन् र आफूहरू जोडी बनेको बताइन् । 

Vianet communication
Laxmi Bank

लाउरेनले भनिन्, ‘मेरी आमासँग पलको साइनो गजबको थियो । तर मलाई त्यो खासै अनौठो लागेको थिएन किनकि आमा उसकी सासू हुनुहुन्थ्यो र उसले सुमधुर व्यवहार देखाउनु सही थियो । उनीहरू खुबै हाँस्थे । मैले चिन्ता लिनुपर्ने कुनै कारण थिएन । म आफ्नो विवाहित जीवन अघि बढाउन खोज्दैथिएँ । हाम्रो विवाह प्रमाणपत्रको मसी सुक्न समेत पाएको थिएन । पलको व्यवहारमा परिवर्तन आउन थाल्यो ।’

पलले पछि आफ्नो फोन लुकाउन थालेको उनले बताइन् । विवाहको चार हप्तापछि लाउरेनकी बहिनीले आमाको फोन हेर्दा जुली र पलबीच भएका एसएमएस पढिन् । 

आमालाई सोध्दा उनले ठाडै अस्वीकार गरिन् र ‘बौलायौ कि क्या हो’ भनिन् । 

‘मैले पललाई यसको बारेमा सोध्दा उसको अनुहारबाट रगत हरायो र उसले मलाई उसको फोन हेर्न दिएन,’ लाउरेनले भनिन् । 

त्यसको केही दिनपछि पलले विवाहको औंठी हटाए र लाउरेन अनि उनीहरूकी सात महिनाकी छोरीलाई छोडेर गए । 

पल आमासँग बस्न थालेको सुनेपछि लाउरेनलाई संसारमा सबभन्दा बढी माया र विश्वास गरेका दुई व्यक्तिले धोका दिएको थाहा भयो ।

\

पल र जुली

पललाई पहिलोपटक भेट्दा लाउरेन १८ वर्षकी थिइन् र बिजनेस डेभलपमेन्ट म्यानेजर थिइन् । उनीहरू डेटिङ गर्न थाले र त्यसक्रममा उनी गर्भवती भइन् । उनीहरूको छोरी जन्मिएको केही समयपछि उनीहरूले विवाह गरे । 

पछि पलले लाउरेनलाई धोका दिएर सासुसँग बस्न थाले अनि सासु गर्भवती भइन् । 

पलले लाउरेनलाई छोडेको नौ महिनापछि लाउरेनकी आमा जुलीले बच्चा जन्माइन् । 

लाउरेनलाई विवाह गरेको पाँच वर्षपछि पलले जुलीलाई बिहे गरे । लाउरेन आफ्नी आमाको विवाहमा समेत सहभागी बनिन् ।

जुली अहिले बालबालिका सेवाको क्षेत्रमा काम गर्छिन् र पूर्वज्वाईंलाई नै पति बनाएर बसिरहेकी छन् ।

लाउरेनले हालै नयाँ पार्टनर भेटेकी छन् र बच्चा जन्माउने तयारी गरिरहेकी छन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x