राजपाका राष्ट्रियसभा उम्मेदवारलाई ‘फरार अपराधी’ भन्दै उजुरी

माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश २ मा राष्ट्रिय जनता पार्टी (राजपा) अल्पसंख्यक समूहका उम्मेदवार शेखर सिंहविरुद्ध उजुरी परेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार भोला पंजियारले सिंहलाई ‘फरार अपराधी’ भन्दै उजुरी दिएका हुन् ।


Advertisement

उजुरीमा कुटपिट मुद्दामा सर्वाेच्चबाट दोषी ठहर भई २ वर्ष जेल सजाय तोकिएको तर जेल नकाटेको भन्दै उम्मेदवारी खारेजीको माग गरिएको छ ।

उजुरीलाई निर्वाचन आयोग केन्द्रमा पठाइएको सहायक निर्वाचन अधिकृत पुष्पा झाले जानकारी दिइन् । उम्मेदवारीमाथि दाबीविरोध गर्ने समय सकिएपछि उजुरी परेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्