×

NMB BANK
NIC ASIA

कहाँ पुग्यो नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण, कति छ पाइने सम्भावना ?

माघ ६, २०७६

NTC
Sarbottam
दैलेखको पादुकास्थान क्षेत्रमा पादुकाखोलामा बगिरहेको सम्भावित कच्चा तेलको मात्रा, फाइल फोटो
Premier Steels
Marvel

पेट्रोलियम भण्डारणको क्षमता पत्ता लगाउने ‘सेस्मिक सर्भे’को काम भइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

यहाँ पेट्रोलियम पदार्थ छ भन्ने कुरा पक्का भइसकेपछि कति परिमाणमा पेट्रोलियम पदार्थ छ, कुन स्थानमा कति भण्डारण छ भनेर पत्ता लगाउने निकै महत्वपूर्ण मानिएको ‘सेस्मिक सर्भे’को केही काम सकिएपनि बाँकी काम भइरहेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दैलेखका पूर्व पश्चिम उत्तर दक्षिणका विभिन्न भूभागहरुमा जमीनको ४५ फिटमुनिसम्म सानो मेशिनमार्फत ड्रिलिङ गर्ने कार्य सम्पन्न भएपछि हरेक होलमा विस्फोटक पदार्थ राखेर जमीनमुनि आन्तरिक तरङ्ग पठाउने काम शुरु भइरहेको छ । अहिले १० वटा सेस्मिक लाइनमा जम्मा २०० किमी क्षेत्र समेटेर लाइन सर्भे गर्ने काम शुरु भएको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

एउटा लाइनमा ४०० वर्गकिमी भूभाग समेटेर सर्भेको काम भइरहेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

सोमबार साँझमात्र एउटा सेस्मिक सर्भेको काम सम्पन्न भएको हो । अन्वेषणका लागि तीनवटा पूर्व पश्चिम र सातवटा उत्तर दक्षिण दिशामा १० वटा सेस्मिक लाइन खनिएको छ ।

बाँकी रहेका सातवटा स्थानमा पनि काम धमाधम भइरहेको छ । माघ मसान्तसम्म सर्भेको काम सम्पन्न भएपछि जमीनभित्र पठाइएको तरङ्ग मापन गरेर यसको अध्ययनका लागि पुनः विशेषज्ञको टोलीले तीन महिनासम्म अध्ययन गरेपश्चात् मुख्य भण्डारण क्षेत्रको अन्वेषण कार्य शुरु हुने परियोजनाले जानकारी दिएको छ ।

अन्वेषणका लागि जियोलोजिकल सर्भे, म्याग्नेट टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ जस्ता कामहरु सम्पन्न भएपश्चात् महत्वपूर्ण मानिएको ‘सेस्मिक सर्भे’को काम शुरू गरिएको हो ।

कसरी हुन्छ सेस्मिक सर्भे !

जमीनको धेरै गहिराइसम्म कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्ग जमीनको सतहमुनिको धेरै गहिराइसम्म पठाइन्छ, जमीनको तल्लो सतहमुनि ठोक्किएर फिर्ता भएका तरङ्गलाई सतहमा गाडिएका सेन्सरहरुमा रेकर्ड गरिन्छ । रेकर्ड गरिएका तरङ्गको प्रशोधन गर्ने र प्रशोधनबाट तयार भएका तरङ्गको सूक्ष्म अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार हुनसक्ने भौगर्भिक संरचना पहिचान गर्ने गरिन्छ ।

यसले कुन स्थानमा भण्डारण धेरै सम्भावना छ त्यो कुरा पत्ता लगाउन मद्दत पुग्दछ, भूगर्भविद् डा त्रिपाठीले भने ।

अन्वेषणका लागि दैलेखको चुप्रामा शुरुआतीदेखि नै क्याम्प निर्माण गरेर काम थालिएको छ । अहिले दैलेखको दुल्लू नगरपालिकामा पनि थप क्याम्प निर्माण गरेर विज्ञको समूह बसेको छ । दुल्लूबाट पूर्वी क्षेत्रका सेस्मिक लाइनहरुमा काम गर्न सहज हुने भएपछि टोली दुल्लूमा बसेको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए  । 

जिल्लाभरको सुरक्षा व्यवस्थापनबारे पनि जिल्ला प्रशासनले सम्बन्धित सुरक्षाप्रमुखहरुसँग सहकार्य गरेर काम अगाडि बढाएको प्रजिअ कट्टेलले बताए ।

दैलेखका विभिन्न स्थानमा सयौँ वर्षदेखि ग्यासका रुपमा बलिरहेको आगो र खोलाको पानीमा बगेको तरल पदार्थका आधारमा यस क्षेत्रमा ग्यास वा अन्य पेट्रोलियम पदार्थ छ भनेर प्रमाणित भइसकेको छ । यसैका आधारमा विभिन्न सर्भे अन्य जिल्लामा गरिएको भए पनि दैलेखमा सेस्मिक सर्भेसम्मको काम अहिलेसम्म भएको थिएन । 

विगत दश वर्षदेखि अन्वेषण कार्यमा लागेका भोजपुरका एक कामदार अहिले दैलेखको अन्वेषण कार्यमा संलग्न छन् । उनका अनुसार ७५ प्रतिशत सम्भावना छ ।

यसपालिको अन्वेषणमा चिनियाँ प्राविधिक टोलीले सङ्कलन गरेका स्रोत र चट्टानको नमूना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको चिनियाँ प्राविधिक टोलीले आफूलाई जानकारी गराएको र जमीनमुनि पेट्रोलियम पदार्थलाई थुनेर राख्नसक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण सतही अन्वेषण तथा अनुसन्धानबाट पनि देखिएको भूगर्भविद् डा गणेशनाथ त्रिपाठीले बताए । नरबहादुर रिजाल / रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x