×

NMB BANK
NIC ASIA

प्रहरीमा पेसाप्रतिको निराशा बढ्दो : दैनिक ७ जनाले दिन्छन् राजीनामा

माघ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल प्रहरीमा भर्ना भएका कर्मचारीमा जागिरप्रतिको निराशा बढ्दै गएको पाइएको छ । विगत साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ट तह (डीआईजी)देखि तल्लो तह (प्रहरी कार्यालय सहयोगी) सम्मका ६ हजार ८४६ जनाले राजीनामा दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार दैनिक रूपमा सात जनाले राजीनामा दिने गरेको पाइएको हो । पर्याप्त सेवासुविधा नहुनु, राम्रो जागिरको अवसर पाउनु, संगठनमा राजनीति हावी हुनु, लामो समयसम्म बढुवा रोकिनुलगायतका कारण प्रहरीमा जागिरप्रति निराशा बढेको पाइएको छ । कतिपयले भने विदेश जानेकै लागि राजीनामा दिने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा २ हजार ५६४ जना प्रहरीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा ३ प्रहरी नायब महानिरीक्षक (डीआईजी), २ प्रहरी नायब उपरीक्षक (डीएसपी), ८ प्रहरी निरीक्षक (इन्स्पेक्टर), १०४ सई, ३०७ असई, १ हजार ८०२ हवलदार, ३०७ जवान र ३१ जना कार्यालय सहयोगी छन् ।


Advertisment
Nabil box
Kumari

आर्थिक वर्ष २०७५/७६ मा ३ प्रहरी उपरीक्षक (एसपी), ६ डीएसपी, १५ इन्स्पेक्टर, ९९ सई, ३५७ असई, २ हजार ८२ हवलदार, ४२९ जवान र ८२ जना कार्यालय सहयोगीले राजीनामा दिएका छन् ।

Vianet communication
Laxmi Bank

यसैगरी, चालू आवको ९ पुससम्म १ हजार २ सय ९ जनाले राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा २ डीएसपी, ६ इन्स्पेक्टर, ८१ सई, १८९ असई, ७४२ हवलदार, १६० जवान र २९ जना प्रकास छन् ।
प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त भएसँगै असन्तुष्ट डीआईजी रमेश खरेलले राजीनामा दिएका थिए । खरेलले महानिरीक्षकमा इच्छा देखाउँदै आए पनि खनाल महानिरीक्षकमा नियुक्त भएपछि योग्यताको कदर नभएको भन्दै राजीनामा दिएका थिए । त्यसअघि डीआईजी नवराज सिलवालले सरकारले प्रकाश अर्याललाई महानिरीक्षक बनाएपछि अवधि बाँकी रहँदै जागिर छाडेका थिए । सिलवालले महानिरीक्षकका लागि आफू पहिलो दाबेदार भएको भन्दै त्यसबखत असन्तुष्टि देखाउँदै राजीनामा दिएका थिए । उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रतिनिधिसभा सदस्य बनेका छन् ।

२०७४/७५ मै प्राविधिक तर्फकी डीआईजी शिला कंसकार कार्कीले पनि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी थिइन् । प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीले भने समग्रतामा राजीनामाको क्रम नबढे पनि केही वर्षको तथ्यांकले त्यस्तो देखाएको बताए ।

उनले भने, ‘राम्रो अवसर आउँदा मानिसले जुनै पेसा पनि परिवर्तन गर्छ, यहाँ पनि त्यस्तै भएको हुन सक्छ । तर त्यस्तो राजीनामाको क्रम बढेको नै भने होइन,’ प्रहरी प्रवक्ता क्षत्रीले राजधानीसँग भने ।
त्यस्तै, राजीनामा धेरैले घरायसी कारण उल्लेख गरेका छन् ।

जागिर छाड्नेमा सबैभन्दा बढी प्रहरी हवलदार छन् । विगत साढे दुई वर्षको अवधिमा ४ हजार ६२६ जनाले राजीनामा दिएका छन् ।

अर्कातर्फ प्रहरीभित्र वरिष्ठ प्रहरी अधिकृतबाट हुने व्यवहार, ओभरटाइम ड्युटी, सेवा सुविधा, मूल्यांकनलगायत कारणले कनिष्ठ प्रहरीहरूले राजीनामा दिने गरेको पाइएको छ ।

यस्तै, १८ वर्षमै पेन्सन लिन पाइने भएपछि तल्लो दर्जाका प्रहरीले ३० वर्ष पूरा नगरी जागिर छाड्ने गरेका छन् । उनीहरू राजीनामा दिएर अन्य पेसामा जाने गरेका छन् ।

प्रहरीले संगठन छाड्ने क्रम रोक्न आन्तरिक सर्कुलर नै जारी गरेको थियो । तर, समस्या पहिचान गरी संगठनमै रहेर काम गर्ने वातावरण बनाउन नसकिएको प्रहरीका उच्च तहका अधिकारीले बताउँदै आएका छन् । प्रहरी नेतृत्वसहित राजनीतिक नेतृत्वले समेत यसतर्फ ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x