×

NMB BANK
NIC ASIA

भ्रमण खर्च : भित्रिने बढ्यो, विदेशिने घट्यो

माघ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भ्रमणबापत नेपालबाट विदेशिने रकमको बढ्दो प्रवृत्ति बदलिएको छ ।

Muktinath Bank

विगतमा हरेक वर्ष यस्तो रकम निरन्तर बढिरहेकोमा चालू आर्थिक वर्षको पाँच महिनामा भने यसमा परिवर्तन देखिएको हो । नेपाल राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिसम्म यस्तो रकम विगतको तुलनामा करिब १० अर्ब रुपियाँले घटेको छ । गत आवको मङ्सिरसम्म भ्रमण शीर्षकबापत ४१ अर्ब ३३ करोड रुपियाँ बाहिरिएकोमा यस वर्ष ३१ अर्ब ५१ करोड रुपियाँ भ्रमणमा बाहिरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थात् विगतको तुलनामा रकम बाहिरिने यस्तो दर अहिलेसम्म २३.७ प्रतिशतले घटेको छ । भ्रमण शीर्षकमै नेपाल भित्रने रकम भने बढेको छ । पाँच महिनासम्म यो शीर्षकमा ३६ अर्ब ८४ करोड रुपियाँ नेपाल भित्रिएको छ । गत आवमा यस्तो रकम ३२ अर्ब ४८ करोड रुपियाँ थियो । यस हिसाबले यो १३.४ प्रतिशतले बढी हो । यति मात्र होइन भ्रमणबापत विदेशिनेभन्दा स्वदेशिने रकम पनि चालू आवमा बढी देखिन्छ ।


Advertisment
Nabil box
Kumari

विगतमा नेपालबाट भ्रमण शीर्षकमा भित्रनेभन्दा बाहिरिने रकम निरन्तर बढ्दो थियो तर पछिल्लो तथ्याङ्कअनुसार विदेशिनेभन्दा भित्रने रकम पाँच अर्ब रुपियाँभन्दा बढी हो ।

Vianet communication
Laxmi Bank

विदेश भ्रमणमा जाने नेपालीले सटही गर्ने डलरको आधारमा यस्तो खर्चको तथ्याङ्क राख्ने गरिन्छ । त्यस्तै विदेशबाट नेपाल भित्रने पर्यटकले गर्ने खर्चलाई केन्द्रीय बैङ्कले यसमा समेट्ने गर्छ । यद्यपि नेपाल भित्रने रकमको वास्तविक खर्च यो तथ्याङ्कले नसमेट्ने पर्यटन व्यवसायीको भनाइ छ ।

पर्यटकले अनौपचारिक रूपमा गर्ने खर्च योभन्दा धेरै रहेको र यो तथ्याङ्कले त्यसलाई नसमेट्ने तर्क व्यवसायीको छ । सरकारले यस्तो खर्च पत्ता लगाउन नेपाल पर्यटन बोर्डमार्फत पर्यटनसम्बन्धी ‘स्याटेलाइट एकाउन्ट’ तयार गर्ने योजना पनि बनाएको छ । यसबाहेक बोर्डले केही समयअघि मात्रै पर्यटकले नेपालमा गर्ने खर्चको अध्ययनका लागि इच्छुकबाट सार्वजनिक आवेदन मागसमेत गरेको थियो ।

सरकारले पर्यटनलाई अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रका रूपमा स्थापित गर्ने र कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान बढाउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्षका रूपमा घोषणा गरेर हाल कार्यान्वयनको चरणमा छ ।

भ्रमण वर्षभर २० लाख पर्यटक नेपाल भिœयाउने सरकारको लक्ष्य छ । पछिल्लो समय नेपाल आउने पर्यटकले दैनिक औसत ४४ डलर खर्च गर्ने बोर्डले जनाएको छ । पर्यटकको दैनिक खर्च बढाउँदै सन् २०२५ सम्म अर्थतन्त्रमा पर्यटन क्षेत्रको हालको तीन प्रतिशत योगदान बढाएर १० प्रतिशत पुर्‍याउने लक्ष्य पनि सरकारको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x