राष्ट्रिय सभा निर्वाचन : मौन अवधि शुरू

निर्वाचन आयोगले मौन अवधिमा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेको छ । 

सोमवार राति १२ बजेदेखि मौन अवधि लागू भएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताबमोजिम ४८ घण्टा मौन अवधि शुरू हुनेछ । 


Advertisement

मौन अवधिमा कुनै सञ्चारमाध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न गराउन तथा वेबसाइट, ट्विटर, फेसबुक, भाइबर वा एसएमएस वा विद्युतीय माध्यमबाट मत माग्न र प्रचार गर्न पाइने छैन। साथै यस अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी छलफल, गोष्ठी, सेमिनार, अन्तत्र्रिmया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कुनै कार्य गर्न गराउन हुँदैन । 

आचारसंहिता पालनाको निगरानी राख्न सबै जिल्ला निर्वाचन कार्यालय र सातवटा प्रदेशका उच्च अदालत रहेका जिल्लामा राष्ट्रियसभा निर्वाचन प्रयोजनार्थ स्थापित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । 


Advertisement

यसैबीच आयोगले माघ ९ गतेको निर्वाचनमा मतदाता पहिचान गर्ने प्रमाणबारे अलग व्यवस्था गरेको छ ।

सातवटै प्रदेशमा हुने निर्वाचनमा सम्बन्धित प्रदेशका सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले मात्र मतदान गर्न पाउने छन्। प्रदेशसभाका ५ सय ५० र स्थानीय तहका १ हजार ५ सय ६ गरी २ हजार ५६ मतदाताले मतदान गर्न पाउनेछन् । मतदाताहरूले मतदान गर्न जा“दा आफू निर्वाचित भएको प्रमाणपत्र र आयोगबाट जारी भएको मतदाता परिचयपत्र लैजानुपर्नेछ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रमाणपत्र नभएमा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र लैजानुपर्ने बताए । नेपाल समाचारपत्रमा खबर छ । 
 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्