×

NMB BANK
NIC ASIA

सुन अनुगमनका कर्मचारीको बयान शुरू

माघ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुन पसल अनुगमनका क्रममा परीक्षण गर्न ल्याइएको सुन गायब पारेको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिन थालेको छ । आयोगले पहिलो चरणअन्तर्गत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा दिलीप पौडेल र खरदार रामबहादुर थापासँग बयान लिएको छ ।

Muktinath Bank

पौडेल र थापाले अघिल्लो आइतबार बयान दिएको विभागले जनाएको छ । अख्तियारले कर्मचारीहरू अनुगमनमा गए/नगएको, अनुगमनपछि कसरी सुन ल्याएको, सुनका गहना ल्याउँदा मुचुल्का तयार पारेको वा यत्तिकै ल्याएको विषयमा लिखित जवाफ मागेको छ । अनुगमन निरीक्षक र तत्कालीन निर्देशकहरूले परीक्षणपछि सुन स्टोरमा बुझाएको वा आफैं लिई गएको, परीक्षणपछि किन फिर्ता नगरकोलगायत प्रश्न पनि अख्तियारले गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पनि बयान लिने काम शुरू भएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन वाणिज्य तथा आपूर्ति विभागले ०६९ देखि विभिन्न क्षेत्रका सुन पसल अनुगमन गरेको थियो । त्यस क्रममा विभागले परीक्षणका लागि लगेको नमुना सुन फिर्ता नगरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताउँदै आएको छ । ०६९ देखि विभागको महानिर्देशक भएर क्रमश: नारायणप्रसाद बिडारी, शम्भु कोइराला, गोकुल धिताल, कुमार दाहालले काम गरेका थिए । अनुगमन भएका बेला अनुगमन शाखा निर्देशकमा लक्ष्मण श्रेष्ठ र हरिनारायण बेल्बासे थिए । श्रेष्ठले तत्कालीन महानिर्देशक कुमार दाहाललाई जानकारी नगराई सुन पसलमा समेत अनुगमन गरेका थिए ।


Advertisment
Nabil box
Kumari

हाल श्रेष्ठ कृषि विभागमा छन् । कुमार दाहालपछि विभागको महानिर्देशक भएर योगेन्द्र गौचन आए । उनले अवकाश पाउने बेला सुनलगायत अन्यको फाइल खोज्न विभागका कानुन शाखा निर्देशक भगवान् श्रेष्ठको संयोजकत्वको छानबिन समिति गठन गरेका थिए । प्रतिवेदन बनाउने क्रममा लक्ष्मण श्रेष्ठले सुन फिर्ता गर्न आएका थिए । तर अनुसन्धानकै क्रममा रहेकाले अनुसन्धान अधिकृतहरूले सुन फिर्ता नलिन नमानेको कर्मचारीहरू बताउँछन् ।

Vianet communication
Laxmi Bank

अहिले नेत्र सुवेदी विभागको महानिर्देशक छन् । अख्तियारले चासो दिएपछि छानबिन समितिले तयार गरेको प्रतिवेदन सुवेदीले तालुक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएका छन् । विभाग स्रोतका अनुसार मन्त्रालयले पनि प्रतिवेदन अख्तियारमा बुझाएको छ । प्रतिवेदनका आधारमा अख्तियारले कर्मचारीसँग बयान लिएको हो । ‘अनुसन्धानकै विषय भएकाले कर्मचारीलाई बोलाएको छ । छर्लंग हुने किसिमले प्रतिवेदन बनाएका छौं,’ प्रतिवेदन निर्माणमा संलग्न विभागका शाखा अधिकृत निरोजकुमार खत्रीले भने । २१ व्यवसायीले सुनका गहना फिर्ता नपाएको महासंघको दाबी छ । महासंघले विभागमा पठाएको विवरणअनुसार इन्द्रचोकमा रहेको शाक्य ज्वेलर्सको १.३८ ग्रामको टप, १.३३ ग्रामको लकेट, भेडासिंको न्यु कुमारी ज्वेलर्स एन्ड ह्यान्डिक्राफ्टको ०.९० ग्राम र ०.५६ ग्रामको टप फिर्ता आएको छैन ।

कालीमाटीको शुभश्री ज्वेलर्सले २.२० ग्रामको औंठी, वटुको सूर्यबहादुर शाक्य एन्ड सन्सको ११ ग्रामको चुरा र ८ ग्रामको झुम्का, कास्कीमा रहेको दि युनाइटेड गोल्ड मार्टको १.९२ ग्रामको डाइस फेन्सी औंठी फिर्ता नपाएको महासंघको विवरण छ । कास्कीकै गोरखा एन्ड वराह ज्वेलरी इन्डस्ट्रिज प्रालिको १.३८ ग्रामको लकेट र दलबहादुर एन्ड सन सुनचाँदी पसलको २.९८ ग्रामको क्वाइन औंठी फिर्ता नभएको विवरण महासंघले विभागमा पेस गरेको छ । पोखरास्थित अर्जुन पुग्दीभुम्दी सुनचाँदी पसलको ३.८० ग्रामको फेन्सी औंठी, फेवाताल सन्तोष सुनचाँदी पसलको २ ग्रामका १ जोर टप, स्याङ्जाको कमल सुनचाँदी पसलको ०.५५० ग्रामको नाकेफुली १ थान र सुवास सुनचाँदी पसलको ०.६४० ग्रामको घोप्टे टप १ थान फिर्ता नपाएको महासंघको विवरण छ । यीबाहेक विभिन्न जिल्लामा अनुगमनबाट संकलित नमुना पनि फिर्ता नभएको महासंघको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x