सम्भव र जुनुको 'जाली रुमाल' बजारमा [भिडियोसहित]

सिनेकला फस्ट साइन वेब सिङ्गिङ स्टार कम्पिटिसन विजेता संभव थापा र जुनु गौतमको 'जाली रुमाल' बोलको गीत सार्वजनिक भएको छ । 

सोमवार साइन एण्ड वेब स्टुडियोमा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो । 


Advertisement

गीतको शब्द गोबिन्दप्रसाद उपाध्यायले लेखेका हुन् । 

अनिश श्रेष्ठको संगीत रहेको गीतलाई गुरुङ कुमारले एरेन्ज गरेका हुन् ।


Advertisement

साइन म्युजिक प्रा लिले निर्माण गरेको भिडियोलाई सुरेन्द्र श्रेष्ठले खिचेका हुन् । भिडियोको सम्पादन पनि श्रेष्ठ स्वयंले गरेका छन् । 

पुनम राईले निर्देशन गरेको भिडियोमा स्मृति पोख्रेल, पुनम राई, दिलिप पौडेललगायतका कलाकारको अभिनय देख्न सकिन्छ । 

भिडियो हेर्नुहोस् : 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्