×

NMB BANK
NIC ASIA

काम पूरा नगरी भुक्तानी माग्न गएपछि...

माघ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अघिल्लो वर्षमै निर्माण गरिसक्नुपर्ने सडक अहिलेसम्म हुन नसक्दा खलङ्गा– पाँचकाटिया सडकमा स्थानीयवासीले सास्ती व्यहोर्दै आएका छन् ।

Muktinath Bank

खलङ्गा–पाँचकाटिया सडकखण्डभित्र पर्ने भेरी नगरपालिका–२ रिसाङखोलादेखि बाहुनथानासम्मको सडकमा अघिल्लो वर्ष ग्राभेल गरिसक्ने सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको डाँफे बिल्डर्सले अहिलेसम्म काम पूरा गरेको छैन । आधा गरेको काम पनि पूरै मापदण्डविपरीत गरेको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रु ४२ लाखमा ग्राभेल निर्माण गर्ने सम्झौता गरेको डाँफे बिल्डर्सले अहिलेसम्म सो सडकखण्डभित्र नाली, पर्खाल पनि निर्माण गरेको छैन । निर्माण गरिएका सामान्य पर्खाल र नालीमा सिमेन्टभन्दा भारी मात्रामा बालुवा राखेर काम नलाग्ने अवस्था सिर्जना भएको पाइएको छ । दैनिक यो सडक भएर यात्रा गर्ने सर्वसाधारण जोखिम मोल्दै यात्रा गर्न बाध्य भए पनि बिल्डर्सले गुणस्तरीय काम गरी समयमै सक्ने कार्यमा चरम लापरवाही गरेको स्थानीयवासी पृथ्वीबहादुर खड्काले गुनासो गरे। उनले भने, 'जथाभावी डोजर चलाएर हाम्रो जग्गा, जमीन भत्काउने काम भयो तर पर्खाल र नाली निर्माण गर्ने काम भएन ।'


Advertisment
Nabil box
Kumari

अहिले ठाउँठाउँमा माटोको थुप्रो राखेर सामान्य भएको सडकसमेत यात्रा गर्न धौधौ भएको यातायात व्यवसायी धर्मबहादुर रावतले बताउनुभयो । उहाँ भन्नुहुन्छ, 'सरकारले बजेट दिएन किन भन्ने ? दिएको बजेटबाट राम्रो काम हँुदैन, तोकिएको समयमा ठेकेदारले काम गर्दैनन्, कसरी हुन्छ हाम्रो विकास ? सात वर्षदेखि यो सडक लथालिङ्ग छ ।' ग्राभेल गर्ने भनिएको सडकमा सडकसमेत फराकिलो नबनाउँदा दैनिक सास्ती हुँदै आएको छ । सडक डिभिजन कार्यालय रुकुमपश्चिम चौरजहारीका प्रमुख नरेन्द्र भट्टले पटकपटक ध्यानाकर्षण गराउँदा पनि काम नभएको बताए। 

Vianet communication
Laxmi Bank

अब हर्जाना लगाएर काम लगाउने प्रयास भइरहेको भट्टको भनाइ छ । तोकिएको समयभित्र निर्माण पूरा नगर्ने, भएको सडकसमेत ज्यानमारा बनाएर बीचमा छाड्ने प्रवृत्तिका कारण विकासमा बाधा पुगेको स्थानीयवासीले बताएका छन् । बिल्डर्सका प्रतिनिधि बुद्धिबहादुर खत्री काम पूरा नगरी भुक्तानी माग्न डिभिजन कार्यालयमा गएको तर काम पूरा नभएको गुनासो आएपछि कार्यालयले भुक्तानी रोक्नुका साथै पुनः काम गर्न दबाब दिएको निर्माण व्यवसायी कृष्णविक्रम शाहले जानकारी दिए।
 
अन्य काम प्रभावित

जाजरकोट खलङ्गा–पाँचकाटिया सडकखण्डको ट्र्याक खुला भएको सात वर्षभन्दा बढी भए पनि यो सडकखण्डमा यातायातका साधन गुड्न सकेका छैनन् । करीब २१ किलोमिटर लम्बाइ रहेको यस खण्डमा विभिन्न निकायको रु २१ करोडभन्दा बढी खर्च भइसकेको छ । बजेट जति लगानी गरे पनि काम पूरा नगर्दा सडकको हालत पुरानै रहेको छ । बर्सेनि राज्यको करोडाैं रकम खन्याए पनि सडकको काम प्रभावकारी नहुँदा दैनिक सार्वसाधारणले दुःख भोग्दै आएका छन् ।
 
जाजरकोट सदरमुकाम हुँदै पाँचकाटिया जुम्ला जोड्ने यो सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कामले गति लिनसकेको छैन । हिउँदयाममा मात्र सामान्य ट्र्याक्टर सञ्चालन भए पनि वर्षायाममा पूरै सडक अवरुद्ध हुने गरेको छ । काम पूरा नगर्ने तर लाखौँका ठेक्का लिने चलनका कारण विकास निर्माणका बाधा पुग्दै आएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x